रुरुक्षेत्रका अध्यक्ष ज्ञवाली चौतर्फी घेराबन्दीमा: एमालेको अपरिपक्व राजनीति ,जनतालाई सास्ती

असार ३१ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष युवा नेता यदु ज्ञवालीको देशभर जति प्रशंसा छ ,चर्चा छ ,सम्मान छ , तर उनी माथी काम गर्ने क्रममा कति घेराबन्दी ,कति असहयोग छ भन्ने कुरा स्वयंम अध्यक्ष ज्ञवालीलाई थाहा छ ,कि असहयोग गर्नेलाई थाहा होला नभए रुरुक्षेत्रको कार्यपालिकाको टिमलाई नजिक बाट बुझेकालाई पक्कै थाहा छ ।
उनिमाथी यसरी घेराबन्दी हुनुको पहिको कारण उनै अध्यक्ष ज्ञवाली हुन । किनकी उनी अल्पमतमा हुँदा हुँदै राम्रो काम गर्न खोज्नुनै उनको पहिलो दोष हो । त्यसैमाथी एमाले जस्तो पार्टीको लाल किल्ला भत्काएर चुनाव जित्नु अर्को कारण हो । नेकपा एमालेका प्रभावशाली नेता प्रदिप ज्ञवाली जसले पटक पटक निर्वाचन जितेर मन्त्री बने उनकै गृहपालिकामा यदु ज्ञवालीले आफ्नो विजयको झण्डा फराउदा प्रतिपक्षलाई सह्य हुने कुरै भएन ।
विजय पनी यस्तो ऎतिहासिक भयो कि ५ वटा वडा ,उपाध्यक्ष र अधिकाश ठाउँमा वडा सदा एमालेले जित्दा अध्यक्षमा यदु ज्ञवालीलाई रुरुका जनताले अपार माया दर्साए ,पार्टी हेरेन मात्रै यदुको दुरदर्शिता ,क्षमता र विगतमा सामाजिक विकास मन्त्रालयमा रहेर काम गरेको प्रमाणमात्रै हेरे,देखे र भोट खनाए । पाँच हजार आठ सय १७ मत प्राप्त गरि निकटतम प्रतिद्वन्दीले भन्दा एक हजार पाँच ४० मत ल्याउन यदु सफल भए । त्यस्तै उपाध्यक्ष तर्फ हेर्न हो भने एमालेकि मिना देवी गौतमले निकटतम प्रतिद्वन्दीले भन्दा आठ सय पाँच मत धेरै ल्याउन सफल भइन र उपाध्यक्ष पदमा विजय भईन ।
करिब यो तीन वर्षको अबधिमा अल्पमत र बहुमतको नाममा अध्यक्ष ज्ञवाली माथी धेरै प्रहार भए, घेराबन्दी भए,असहयोग भए ।बिरोधका आवाज घन्किए तर ती सबै चुनौतीलाई तोड्दै अध्यक्ष ज्ञवालीले कुशल नेतृत्व गर्दै गाउँपालिकालाई विकास र सुशासनको बाटो देखाउदै जिल्लामा मात्रै होइन देशकै अब्बल पालिका बनाए । देशका पुर्व प्रधानमन्त्रीले खुल्ला मञ्च बाट रुरुक्षेत्रको प्रशंसा गरे भने राष्ट्रले जारी गरेका विभिन्न मापन केन्द्रले प्रमाणित गरेका छन् ।
पछिल्लो घेराबन्दी के हो त ?
हामीले माथी पटक -पटक उल्लेख गरेको पछिल्लो घेराबन्दीको हो स्मार्ट बोर्ड खरिदमा अध्यक्ष ज्ञवालीलाईलाई जबर्जस्त जोडनु ।
पालिका र प्रदेश सरकारको गरी ३५ लाख लगानीमा पालिकाका सात वटा विद्यालयलाई स्मार्ट बोर्ड खरिदको लागि बजेट विनियोजन गरिएको थियो ।
अहिले त्यही खरिद प्रक्रियामा अनियमितता भएको भनी एमाले निकट जनप्रतिनिधिले उपाध्यक्ष मिना गौतमको नेतृत्वमा ज्ञापनपत्र बुझाए भने एमाले पार्टीले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दीनै गर्न भ्याए । अचम्म म त यो छ कि खरिदनै नभएको सामाग्रीमा भ्रष्टाचार भयो भन्ने विषय कत्तिको जाहेज होला ?
खरिद प्रक्रिया कसरी अघि बढेको थियो: चर्चामा रहेको स्मार्ट बोर्ड खरिदको लागि गाउँपालिकाले यसरी प्रक्रिया सुरु गरेको थियो ।
८१ चैत २२ गते गाउँ शिक्षा समितिको निर्णय र चैत २५ गते कार्यपालिकाले निर्णय गरेर खरिद प्रक्रिया अघि बढाईएको पालिकाले जानकारी दिएको छ । यस विषयमा असार २० गते आयोजित सार्वजनिक सुनुवाइमा समेत प्रष्ट पारेको पालिकाको दावी छ । साथै असार २६ गते गाउँ कार्यपालिका सहित,गाउँ शिक्षा समिति र सबै विद्यालयका प्रधानाध्यापक सहितको भेलाले सत्यतथ्य छानबिन समिती बनाउने विषयमा छलफल भएको र पुन असार २७ गते बैठक बसी सम्पुर्ण द्विविधाहरु टुंगोमा पुराईएको पालिकाले जनाएको छ । साथै सम्पुर्ण कार्यपालिका र गाउँ शिक्षा समिति जवाफदेही हुने ठाँउमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मात्रै नाम लिनु र उहाँहरुको कार्यकक्ष तालाबन्दी गर्नु गलत भएको भन्दै पालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तालाबन्दीले पुर्व जनप्रतिनिधिको आलोचना जनतालाई सास्ती:
एमालेबाट निर्वाचित उपाध्यक्ष, ५ वडाध्यक्ष, ६ कार्यपालिका सदस्य र १६ वडा सदस्यले यस विषयमा छानबिन माग गर्दै ज्ञापन बुझाए भने एमाले रुरुक्षेत्र गाउँ कमिटीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरे ।
तालाबन्दी गर्न घुमाउरो शैलीमा वर्तमान जनप्रतिनिधिको साथ दिए भने निवर्तमान जनप्रतिनिधि तालाबन्दी गर्न भ्याए । नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटीका अध्यक्ष एवम् वडा नम्बर चारका निवर्तमान वडा अध्यक्ष फर्शुराम ज्ञवाली र जिल्ला समन्वय समिति गुल्मीका निवर्तमान उपप्रमुख समेत रहेकी तुल्सीकुमारी श्रेष्ठ अग्रभागमा रहेर तालाबन्दी गरे । पाँच /पाँच वर्ष जनताको सेवा गरेका उनिहरुले तालाबन्दीले जनतामा पर्ने असर बुझ्न सकेन भने देशको संवैधानिक आयोगले छानबिन गरेको कुरा सम्मको ज्ञान पाएन ।
उनिहरुलाई लाग्यो पालिकामा हाम्रो बहुमत भएपछि जे पनि हुन्छ । पालिकामा भएको तालाबन्दीको विषयमा स्थानीयले सामाजिक सञ्जालमा चर्को आलोचना गर्दै २०८४ मा निर्वाचन लडन चुनौती दिएका छन भने सोही क्षेत्रका संघिय संसद चन्द्र भण्डारीले पनि एमालेलाई लक्षित गरि आफ्ना नेता कर्याकर्तालाइ प्रशिक्षित गर्न आग्रह गरेका छन् । त्यसै माथी माओवादी केन्द्र ,नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत प्रेस विज्ञप्ति जारी गरि तालाबन्दीको आलोचना गरेका छन् ।
रुरुक्षेत्र कसरी अब्बल : हामीले पटक पटक उल्लेख गरेको रुरुक्षेत्र अब्बल भन्ने विषयलाई अब यहाँ तथ्यांक सहित हेरौं ।
भौतिक पुर्वधार विकास जुन प्रष्ट संग देख्न सकिन्छ , सडक खानेपानी लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको छ ।
त्यस्तै कृषि, पशुपालन तर्फ किसानालाई उत्पादनमा र आम्दानीमा पालिकाले जोडिरहेको छ ।
सुशासनमा पनि पालिकाले हरेक वर्ष फड्को मारिरहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट गरिने स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकनमा गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा ६३.२५ प्रतिशत ,०७७/७८ मा ६९ प्रतिशत ,७८/७९ मा ७९.२५ प्रतिशत ,७९/८० मा ९३.२५ प्रतिशत र ०८०/८१ मा ९७.२५ प्रतिशत प्रगति हासिल गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट गरिने स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा पनि पालिकाको उल्लेखनीय प्रगति रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा ५५.५ प्रतिशत ,०७८/७९ मा ७२.५ प्रतिशत , ०७९/८० मा ९५.५ प्रतिशत र ०८०/८१ मा ९८.५ प्रतिशत प्रगति हासिल गरेको छ ।
त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिने स्थानीय तहको कार्य सम्पादन मुल्यांकन हेर्दा ०७८/७९ मा ६९.२६ प्रतिशत ,०७९/८० मा ६८.९१ प्रतिशत र ०८०/८१ मा ७६.०२ प्रतिशत प्रगति पालिकाको रहेको छ । त्यस्तै गरि जिल्लामा बेरुजु कम आउने पालिका र सबै भन्दा धेरै वित्तीय प्रगति गर्ने स्थानीय तहमा पनि रुरुक्षेत्र गाउँपालिका सदैब अग्रपंक्तिमा रहने गर्दछ । बेरुजु कम आउने पालिका मध्ये महालेखाको प्रतिवेदन अनुसार अघिल्लो वर्ष जिल्लामै पहिलो र यो वर्ष तेस्रो स्थानमा रुरुक्षेत्र गाउँपालिका रहेको छ । यसले पनि पालिका सुशासनमा अब्बल र सङै सुशासन ,पार्दशिताको बाटोमा हिडेको देखाउछ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।