कर तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने व्यवसायीको चेतावनी

असार १६ गुल्मी ।
गुल्मीका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्।
सरकारले हालैको बजेट वक्तव्यमा सुनचाँदीको भन्सार दर वृद्धि गरिएको भन्दै उनिहरु आन्दोलनमा उत्रेका हुन ।
गुल्मी सुनचाँदी व्यवसायी संघले सोमबार पत्रकार सम्मेलन गरी उक्त निर्णयको बिरोध समेत गरेका छन । सुनचाँदी विलासी वस्तु नभएको धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत रूपमा अनिवार्य रुपमा सुनचाँदी प्रयोगमा आउने उनिहरुको दावी छ ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा सुनमा र चाँदीमा २ प्रतिशत विलासी कर लगाएको छ। साथै हिरामा १३ प्रतिशत भ्याट लगाएको छ । संघका गुल्मी जिल्ला अध्यक्ष झबिन्द्र विश्वकर्माले बजारमा सुनचाँदीको मूल्यमा अत्यधिक वृद्धि हुने, माग घट्ने, कालोबजारी फस्टाउने ,हजारौं व्यवसायका लाखौं परिवारको रोजगारी संकटमा पर्ने सम्भावना रहेको बताए ।
साथै खुल्ला सिमाना र भारतको दररेट फरक भएको हुँदा त्यसले व्यवसायीलाई मात्रै नभई उपभोक्ता लाई समेत असर गर्ने व्यवसायी हरुको दावी छ ।
सरकारले चाँडै उक्त निर्णय फिर्ता नलिए देशभरका सुनचाँदी व्यवसायीहरू पूर्ण रूपमा व्यवसाय बन्द गर्दै आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । साथै सरकारले तत्काल माग सम्बोधन नगरे उपभोक्तालाई साथमा लिएर देश भर आन्दोलन गर्ने तयारी आफुहरुको तयारी रहेको गुल्मी सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।