गुल्मीमा विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर पुरुषको मृत्यु



डिबी खड्का गुल्मी ।
गुल्मीमा विद्युत मर्मत गर्नेक्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका सात वाग्ला ड्वानेटाका ४० वर्षीय झबिन्द्र घिमिरेको मृत्यु भएको हो । आज बिहान विद्युत मर्मत गर्नको लागि पोलमा चढेका घिमिरेलाई करेन्ट लागेपछि जिल्ला अस्पताल गुल्मीमा उपचारको लागि ल्याईएको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुले जानकारी दिनु भयो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता