गुल्मीका सुरक्षा निकाय द्वारा विपद उद्वार अभ्यास



डिबी खड्का गुल्मी ।
गुल्मीका तीनै वटा सुरक्षा निकायले मनसुनजन्य विपद घटनाको कृत्रिम अभ्यास गरेका छन् । नेपाली सेनाको रामवाण गुल्म ,सशस्त्र प्रहरी बलको ३७ नम्बर गुल्म र नेपाल प्रहरीले संयुक्तरुपमा कृत्रिम घटनाको अभ्यास गरेका हुन ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर -४ अर्खले र इस्मा गाउँपालिका -२ छल्दीको बिचमा पर्ने पनाह खोलामा कृत्रिम विपदजन्य घटनाको अभ्यास गरिएको रामवाण गुल्मीका प्रमुख मेजर तिलक केसीले जानकारी दिनुभयो ।
जहाँ नदिमा डुबेका ,खोचमा फसेका ,आगलागीमा परेका र सवारी दुर्घटनामा परेका नागरिकको कसरी उद्वार र घाइतेको प्राथमिक उपचार लगायतका कार्यहरूको अभ्यास गरिएको थियो।


कृत्रिम अभ्यासमा स्थानीयको पनि सहभागीता रहेको थियो ।
अभ्यासमा सुरक्षा निकायका जवानहरूले खोला पार गर्दै डोरीको सहायताले घाइतेलाई सुरक्षित स्थानमा पुर्याउने, खाेंचमा फसेका व्यक्तिको उद्धार गर्ने र आगलागी नियन्त्रण गर्ने जस्ता कार्यले उनिहरुमा सुरक्षा निकायप्रतीको जन विश्वास समेत बढेको छ ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् विपद व्यवस्थापन समितिका अध्यक्ष जनार्दन गौतमले तिनै वटा सुरक्षा निकायलाई धन्यवाद दिदै कृत्रिम अभ्यासमा जस्तै वास्तविक घटनामा पनि नागरिकको जिउधनको सुरक्षा गर्न आग्रह गर्नु भयो ।
यो अभ्यासले जिल्लाको सुरक्षा निकाय नागरिकको रक्षाको लागि तयार रहेको संदेश समेत दिएको उहाँले बताउनु भयो ।
विपद किर्तिम अभ्यासमा गुल्मीका प्रहरी प्रमुख नारायण प्रसाद अधिकारी,सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्ममा प्रमुख पवन खड्का लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता