सुशासनमा अब्बल मालिका: गुल्मीमा सबै भन्दा कम बेरुजु

जेठ १ गुल्मी ।
बुधबार सार्वजनिक महालेखाको ६२ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा गुल्मी जिल्लामा सबै भन्दा कम बेरुजु आउने स्थानीय मालिका गाउँपालिका बनेको छ । मालिका गाउँपालिकाको ०.२५ प्रतिशत अर्थात ३१ लाख १६ हजार बेरुजु आएको आर्थिक प्रशासन शाखाका प्रमुख रामकुमार केसीले जानकारी दिए । जनप्रतिनिधि ,कर्मचारी सबैले ईमानदार पुर्वक आफ्नो जिम्मेवारी पुरा गरेका कारण राम्रो नतिजा आएको उनले बताए । त्यस्तै गाउँपालिका अध्यक्ष देवीराम अर्यालले सबै लाई धन्यवाद दिदै पालिका सुशासनको बाटोमा हिडेको उल्लेख गरे ।
अर्याल नेकपा माओवादी केन्द्र बाट निर्वाचित जनप्रतिनिधि हुन । त्यस्तै जिल्लामा सबै भन्दा धेरै बेरुजु गुल्मी दरबार गाउँपालिकामा आएको छ । त्यस पालिकामा २.१६ प्रतिशत अर्थात २ करोड ४३ लाख २६ हजार बेरुजु रकम निस्केको हो । गुल्मी दरबार गाउँपालिकाको नेतृत्व काङ्ग्रेस बाट निर्वाचित नेता सरोज कुमार थापाले गरेका छन् ।
त्यस्तै जिल्लाको धुर्कोट गाउँपालिका कम बेरुजु आउने पालिका मध्ये दोस्रो बनेको छ । त्यस पालिकामा ०.३७ अर्थात् ५० लाख ३५ हजार बेरुजु आएको छ । धुर्कोटको नेतृत्व माओवादी केन्द्रका युवा नेता भुपाल पोखरेलले गरेका छन ।
त्यस्तै तेस्रोमा मदाने गाउँपालिका रहेको छ मदानेको ०.६७ प्रतिशत रहेको आर्थिक प्रशासन शाखा प्रमुख तारा भट्टराईले जानकारी दिईन । जुन रकममा ८१ लाख १४ हजार हुन आउँछ । मदानेको नेतृत्व काङ्ग्रेसका नेता महेन्द्र कुवरले गरेका छन् ।
सत्यवतीमा एक करोड छ लाख ४० हजार , छत्रकोटमा एक करोड ७१ लाख , रुरुक्षेत्रमा ७५ लाख १७ हजार,चन्द्रकोटमा दुई करोड २६ लाख २६ लाख ६६ हजार,कालिगण्डकीमा एक करोड २५ लाख ८९ हजार, इस्मामा एक करोड २५ लाख ८९ हजार,रेसुङ्गा नगरपालिकाको दुई करोड ६८ लाख र मुसिकोट नगरपालिकाको एक करोड १७ लाख बेरुजु आएको छ । प्रतिशतका आधारमा गुल्मी दरबार गाउँपालिकामा बेरुजुमा अघि देखिए पनि रकमका आधारमा भने रेसुङ्गा नगरपालिका रहेको छ । १ प्रतिशत भन्दा धेरै बेरुजु आउने कुरा सुशासनका दृष्टिले राम्रो नमानिने नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेको भनाई छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।