मालिका गाउँपालिका -८ मर्भुङ्गका युवालाई मोबाईल मर्मत सम्बन्धि एक महिने तालिम प्रदान



बैशाख २७ गुल्मी ।
युवाहरुलाई रोजगार र आत्मनिर्भर बनाउन स्थानीय तहले विभिन्न प्रयासहरु गरिरहेका छन् । यसै बीच गुल्मीको मालिका गाउँपालिकाले युवाहरूलाई एक महिने मोबाइल मर्मत तालिम प्रदान गरेको छ।
मालिका गाउँपालिकाको आयोजना र मधुवन सामुदायिक अध्ययन सिकाइ केन्द्रको सहजीकरणमा युवा लक्षित मोबाइल मर्मत सम्बन्धि तालिम प्रदान गरिएको हो । एक महिने तालिलमा वडा नम्बर आठका १६ जना युवा सहभागी भई मोबाइल मर्मत सम्बन्धि तालिम लिएकको सिकाइ केन्द्रकी सहजकर्ता कमला पौडेलले बताईन । एक महिनाको अबधिमा मोबाइल मर्मत, सफा गर्नु, सेटिङ्ग सुधार गर्नु, डिस्पेले फेर्न, लगायत विभिन्न समस्याहरू समाधान गर्ने सिकेको युवाहरु भनाई छ । करिब दुई महिनाको तालिम लिन पाए धेरै कुरा सिक्ने र व्यवसायिक बन्न सकिने तालिममा सहभागी युवा आशिष खत्री बताए ।

युवाको माग र बढ्दो प्रविधिकरणलाई लक्षित गरि मोबाईल मर्मत सम्बन्धि तालिमको आयोजना गरिएको वडा अध्यक्ष सुर्य बहादुर जिसीले बताए । आफुले व्यवसाय नगरेपनी जागीरको रुपमा काम गर्न सकिने अर्का युवा लाल बहादुर विश्वकर्माको भनाई छ ।
पालिकाको यस्तो पहलले युवाहरुलाइ रोजगार संग जोडेको प्रशिक्षक दुर्गा लम्सालको भनाई छ । यस तालिमको सफलताले भविष्यमा पनि अन्य क्षेत्रका तालिमहरु सञ्चालन गर्नको लागि प्रेरणा दिने हुँदा तालिम पछि कति युवा व्यवासयिक बने बनेन त्यस पनि स्थानीय तहले चासो दिनु नागरिकको माग छ । साथै समय समयमा युवाको माग अनुसार तालिम सञ्चालन गरे बेरोजगारी हटाउन मद्दत पुग्ने मर्भुङ्ग वासीले अपेक्षा गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता