रुरु क्षेत्र गाउँपालिका द्वारा दुई विद्यालयलाई बस सहयोग

बैशाख २६ गुल्मी — रुरु क्षेत्र गाउँपालिकाले विद्यालयमा घट्दो विद्यार्थी सङ्ख्या बढाउन र लामो दुरीमा हिँडेर आउने विद्यार्थीलाई सहज बनाउन दुई सामुदायिक विद्यालयलाई इलेक्ट्रिक माइक्रो बस प्रदान गरेको छ।
गाउँपालिका–१ स्थित रिडी मावि र वडा नं ४ स्थित ज्ञवा माविलाई बस प्रदान गरिएको हो। रिडी माविले यसअघि पनि एक बस पाइसकेको छ।
गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार प्रति विद्यालय ४० लाख रुपैयाँ बजेट प्रदान गरिएको छ। बस विद्यालयले आफ्नै स्रोत र गाउँपालिकाको सहयोगमा खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
ज्ञवा माविमा झमादी, ओखलढुंगा र उल्लीखोलाबाट दुई घण्टासम्म हिँडेर आउने करिब ३० विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले बस सहयोग गरिएको हो र आगामी वर्ष थप विद्यालयलाई पनि गाडी दिने योजना रहेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।