मालिकाका विविध कार्यक्रममा सहभागी हुन मितेरी गाउँ आउँदै ललितपुरका मेयर महर्जन

गुल्मी, बैशाख २२ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन मितेरी पालिका गुल्मीको मालिका गाउँपालिका आउने भएका छन् ।
दुवै पालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न मालिका मन्दिरको उद्घाटन गर्न उनी आउने भएका हुन । उक्त मन्दिर मालिका गाउँपालिकाको ४ अर्खबाङ स्थित पिस पार्कमा निर्माण गरिएको छ । आज आइतबार मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले मेयर महर्जनलाई भेटी निम्ता दिएको र उहाँ आउने पक्का भएको जानकारी दिए ।
मेयर महर्जनको आगमनले दुई पालिकाको भगेनी सम्बन्ध अझ प्रगाढ हुने उपाध्यक्ष अर्यालको विश्वास रहेको छ ।
मेयर महर्जन मन्दिर उद्घाटन संगै मालिकामा आयोजना हुने शैक्षिक सम्मेलन तथा अन्य कार्यक्रमहरूमा समेत सहभागी हुने कार्यक्रम रहेको छ।
भातृत्व सम्बन्धको यो सकारात्मक अभ्यासले दुई पालिकाबीचको सम्बन्धलाई संस्थागत गर्दै अनुभव आदानप्रदा सङै भौतिक विकासमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ।
२०८० असारमा मालिका गाउँपालिका र ललितपुर महानगरपालिका बीच भगेनी सम्बन्ध स्थापन भएको थियो ।
भगेनी सम्बन्ध समारोहमै ललितपुरका मेयर महर्जनले मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याललाई इङ्कित गर्दै मिज्जुको गाउँमा अवश्य पनि आउने र सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।