नेकपा माओवादी केन्द्र घमिरको दोस्रो वडा अधिवेशन सम्पन्न: कार्कीको अध्यक्षयतामा २५ सदस्यीय कमिटी गठन



माघ १९ गुल्मी ।
नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका ७ घमिरको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
दोस्रो अधिवेशनले शिव बहादुर कार्कीको अध्यक्षयतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष
भोट बहादुर बुढामगर , सचिबमा गोपाल बुढा मगर ,सह सचीवमा एलिसा घिमिरे रहदा विष्णु नेपाली कोषाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै इन्चार्जको जिम्मेवारी भने भविश्वर लम्सालले पाएका छन ।
निर्वाचित कमिटीलाई प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य ज्ञान कुमार बुढा मगर मार्फत सपथ ग्रहण गरेका थिए । बधाई ज्ञानपन गर्दै कमिटीले नयाँ ढङ्गले काम गर्नु पर्ने नेता बुढाले उल्लेख गरे । माओवादी आन्दोलन र पार्टीलाई सशक्त बनाएर लैजानु पर्ने उनले तर्क गरे ।
देशभर अहिले माओवादीले एउटा लय समातिरहेको हुँदा घमिरमा पनि राम्रो प्रभाव पार्न सकिने सम्मेलनमा सहभागी नेता कार्यकर्ताले धारणा राखेका थिए । जनयुद्धको आधार क्षेत्र समेत रहेको घमिरमा माओवादी प्रती नागरिक सकारात्मक रहेको हुँदा सबैलाई संगठित गर्नु पर्ने माग कार्यकर्ताले राखेका थिए ।
मालिका गाउँपालिकामा पछिल्लो समय माओवादी केन्द्रले संगठन विस्तार ,प्रशिक्षण ,पार्टी तथा जन वर्गीय संगठनका भेला तथा बैठकलाई तिव्रता दिएको छ । जनयुद्धमा माओवादीको आधार क्षेत्र रहेको त्यस इलाकामा पुराना माओवादी अर्थात पार्टी प्रती योगदान दिएका तर अहिले निष्क्रिय रहेका नेता कार्यकर्तालाई पार्टीमा पुनः सक्रिय गराउने गरि अभियान चलाईएको माओवादी केन्द्रले जनाएको छ । अहिले सम्म सात वटा वडामा अधिवेशन सम्पन्न भएको र बाकी रहेको वडा नम्बर ६ अर्जैमा पनि अधिवेशनको तयारी भैइरहेको सो पार्टीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता