नेकपा माओवादी केन्द्र मर्भुङ्गको दोस्रो वडा अधिवेशन सम्पन्न:अर्यालको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन
माघ १९ गुल्मी ।
नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका ८ मर्भुङ्गको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
दोस्रो अधिवेशनले केशब अर्यालको नेतृत्वमा १३ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष लाल बहादुर सुनार ,सचिबमा बैकुण्ठ पौडेल ,सह-सचीवमा आशिष खत्री र कोषाध्यक्षमा हरीमाया पौडेल निर्वाचित भएकी छन् ।
निर्वाचित कमिटीलाई प्रमुख अतिथि तथा मालिका गाउँपालिका कमिटी उपाध्यक्ष सुर्य बहादुर जिसी मार्फत सपथ ग्रहण गरेका थिए । निर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै नेता जिसीले सक्रिय भएर साङठानिक गतिविधिमा लाग्न आग्रह गरे ।
देशभर अहिले माओवादीले एउटा लय समातिरहेको हुँदा मर्भुङ्गमा पनि राम्रो प्रभाव पार्न सकिने जिसीले उल्लेख गरे ।
मालिका गाउँपालिकामा पछिल्लो समय माओवादी केन्द्रले संगठन विस्तार ,प्रशिक्षण ,पार्टी तथा जन वर्गीय संगठनका भेला तथा बैठकलाई तिव्रता दिएको छ । जनयुद्धमा माओवादीको आधार क्षेत्र रहेको त्यस इलाकामा पुराना माओवादी अर्थात पार्टी प्रती योगदान दिएका तर अहिले निष्क्रिय रहेका नेता कार्यकर्तालाई पार्टीमा पुनः सक्रिय गराउने गरि अभियान चलाईएको माओवादी केन्द्रले जनाएको छ । अहिले सम्म सात वटा वडामा अधिवेशन सम्पन्न भएको र बाकी रहेको वडा नम्बर ६ अर्जैमा पनि अधिवेशनको तयारी भैइरहेको सो पार्टीले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।