थानपती निमाविको अभियानलाई प्रधानाध्यापक गोबिन्द बहादुर बुढाको १५ हजार सहयोग
माघ ९ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -३ घर भई हाल वडा नम्बर ८ स्थित थानपती निमाविमा प्रधानाध्यापकको रुपमा कार्यरत गोबिन्द बहादुर बुढाले विद्यालयलाई सहयोग गरेका छन् । विद्यालयले सञ्चालन गरेकोन बृहत आर्थिक संकलन अभियानलाई उनले १५ हजार १५ रुपैयाँ सहयोग प्रदान गरेका हुन । आफ्नो विद्यालयले शैक्षिक सुधारको लागि “ दीर्घकालीन अक्षयकोष´´ स्थापना गर्न लागेको हुँदा सबैलाई सहयोग गर्न उनले आग्रह गरेका छन् । साथै उनी “थानपती निमावि कल्याणकारी कोष´´को ६२ औं संस्थापक सदस्य समेत बनेका छन् ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गरिने छ ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।