नेकपा माओवादी केन्द्र मालिका ह्वाङ्दी द्वारा ज्येष्ठ नागरिकलाई सम्मान



माघ ७ गुल्मी ।
नेकपा माओवादी केन्द्र ह्वाङ्दीले त्यस क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
त्यस वडाको दोस्रो अधिवेशनको अवसर पारी पार्टीले दस जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
परिवर्तनका साक्षी ज्येष्ठ नागरिकलाई हौसला र प्रोत्साहन स्वरुप सम्मान गरिएको माओवादी केन्द्रका नेता ज्ञान कुमार बुढाले बताए । साथै ज्येष्ठ नागरिकका सुझाव ,उनिहरुका समस्या र अनुभव समेत आदानप्रदान गरिएको थियो । वडा तथा पालिकामा माओवादीको नेतृत्व भएको हुँदा ज्येष्ठ नागरिकका सुझाव र समस्या स्थानीय सरकार मार्फत समाधान गरिने वडा अध्यक्ष ज्ञान कुमार बुढाको भनाई छ । सम्मानित हुनेमा रुद्र बहादुर विक,मने कामी, धन बहादुर घर्ती,पार्वती विक,खिम बहादुर विक,दिल बहादुर विक,काले कामी ,गोठी बुढा,गोठी नेपाली ,पुनि नेपाली रहेका छन् । पार्टीले गरेको सम्मानले हौसला र खुसी मिलेको ज्येष्ठ नागरिकको भनाई छ ।
मालिका गाउँपालिकामा पछिल्लो समय माओवादी केन्द्रले संगठन विस्तार ,प्रशिक्षण ,पार्टी तथा जन वर्गीय संगठनका भेला तथा बैठकलाई तिव्रता दिएको छ । जनयुद्धमा माओवादीको आधार क्षेत्र रहेको त्यस इलाकामा पुराना माओवादी अर्थात पार्टी प्रती योगदान दिएका तर अहिले निष्क्रिय रहेका नेता कार्यकर्तालाई पार्टीमा पुनः सक्रिय गराउने गरि अभियान चलाईएको माओवादी केन्द्रले जनाएको छ । अहिले सम्म वडा नम्बर एक,दुई,तीन र चारमा भब्यताका साथ वडा अधिवेशन सम्पन्न भएको र अन्य वडामा पनि तयारी भैइरहेको सो पार्टीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता