नेकपा माओवादी केन्द्र मालिका तीन ह्वाङ्दीको वडा अधिवेशन सम्पन्न



माघ ६ गुल्मी ।
नेकपा माओवादी केन्द्र मालिका तीन ह्वाङ्दीको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तुम बहादुर विकको
अध्यक्षतामा २५ सदस्यीय वडा कमिटीको गठन गरेको छ ।
जसको उपाध्यक्ष ज्ञानी बुढा मगर,सचिबमा देव घर्ती मगर,सह- सचिबमा नर बहादुर विक र कोषाध्यक्ष मधु बुढा मगर रहेका छन ।
वडा अधिवेशनलाई नेकपा माओवादी केन्द्रका नेताहरुले सम्बोधन गरेका थिए । प्रमुख अतिथी समेत रहेका माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य ज्ञान कुमार बुढाले पछिल्लो समय नेकपा माओवादी केन्द्र प्रती जनविश्वास बढेको बताए । साथै जनताको वर्ग मित्रनै माओवादी भन्ने ठानेको हुँदा सबै नेता कार्यकर्ताले जन भावना अनुसार काम गर्न आग्रह गरे ।

त्यस्तै लुम्बिनी प्रदेश सदस्य एवम् मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले मालिका गाउँपालिकाले जनताको भावना अनुसार काम गर्दै आएको बताए । साथै जनताको सुझाव ,सल्लाहलाई पालिकाले मनन गर्दै अघि बढेको उनको तर्क छ । त्यस्तै पछिल्लो समय माओवादी केन्द्र बलियो हुँदै गएको र आम नेता कार्यकर्ता पार्टी संगठन बलियो बनाउन आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी परिषद सदस्य प्रेम भट्टराई ,प्रदेश ख समन्वय समिती सदस्य देबिराम घिमिरे मालिका गाउँ कमिटीका अध्यक्ष महेन्द्र बिसि,जेष्ठ नागरिक मन्च जिल्ला कमिटी सदस्य बोम बहादुर घर्ती ,वडा नम्बर एकका कमिटी अध्यक्ष गोपाल बि. क ,वडा नम्बर ४ वाड कमिटी सचिब धनिश्वर अर्याल,वडा सदस्य तानिदेबी बिक,वडा सदस्य खिमा घिमिरेले शुभकामना कामना मन्तव्य सहित पार्टीको बारेमा आफ्ना धारणा राखेका थिए । अधिवेशन खुल्ला सत्रको कार्यक्रम सञ्चालन देब बहादुर घर्ती , सभापती तुल बहादुर बिक र स्वागत मन्तव्य  तुम बहादुर बिकको रहेको थियो ।
मालिका गाउँपालिकामा पछिल्लो समय माओवादी केन्द्रले संगठन विस्तार ,प्रशिक्षण ,पार्टी तथा जन वर्गीय संगठनका भेला तथा बैठकलाई तिव्रता दिएको छ । जनयुद्धमा माओवादीको आधार क्षेत्र रहेको त्यस इलाकामा पुराना माओवादी अर्थात पार्टी प्रती योगदान दिएका तर अहिले निष्क्रिय रहेका नेता कार्यकर्तालाई पार्टीमा पुनः सक्रिय गराउने गरि अभियान चलाईएको माओवादी केन्द्रले जनाएको छ । अहिले सम्म वडा नम्बर एक,दुई,तीन र चारमा भब्यताका साथ वडा अधिवेशन सम्पन्न भएको र अन्य वडामा पनि तयारी भैइरहेको सो पार्टीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता