समाज सेवाको अर्को नाम गजीन्द्र पौडेल:विद्यालयलाई ३५ हजार सहयोग
पुस ८ गुल्मी ।
तत्कालीन मर्भुङ्ग गाविस सहित हालको मालिका गाउँपालिका क्षेत्रको लागि गजीन्द्र पौडेल कुनै नौलो नाम होइन ।
२९ वर्ष भारतीय सेनामा जागीर गरेका पौडेलको स्वभाव सैनिक जस्तो देखिदैन । साधारण जिवनशैलीका गजीन्द्रले भारतीय सेना बाट वि.स २०५४ सालमा अवकाश लिएका थिए । त्यस बेला सदरमुकाम तम्घास ,बुटवल लगायत क्षेत्रमा घर घडेरी किन्ने प्रचलन व्यापक रहे पनि पौडेलले आफ्नो जन्म थलो छोडन चाहेन , त्यहीँ मर्भुङ्गकै माटोमा लडिबुडी गरि आफ्नो दैनिकी संगै सामाजिक कार्यमा सक्रिय रहे ।
विकास र सामाज सेवाको पर्यावाची जस्तैः बनेका पौडेलको पछिल्लो २८ वर्ष लाई हेर्दा उनले नेतृत्व र सहभागीता नजनाएको मर्भुङ्गमा कुनै संघ संस्था छैनन् ।
उमेर बढ्दै गयो ,तागत घट्दै तर समाज सेवामा उनको मन भने दिनप्रति दिन बढिरहेको छ ।
तत्कालीन थानपति प्राथमिक विद्यालय हाललो थानपती निमाविमा उनले १५ वर्ष सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । १५ वर्ष विद्यालयको नेतृत्व गरेका पौडेलले विद्यालयमा थुप्रै सुधारका काम गरे सिमित स्रोत साधनका बाबजुद उनको अथक प्रयासमा विद्यालयले धेरै अविस्मरणीय कार्य गर्यो । २०१५ सालमा स्थापन भएको विद्यालयले निमावी तह बन्नको लागि २०६६ साल मात्रै होइन पौडेलकै नेतृत्व कुर्नु पर्यो ।
अर्थात पौडेलकै नेतृत्वमा तत्कालीन निमावी तह हालको आधारभुत तह कक्षा ६-८ सञ्चालन भयो । विद्यालय त एउटा उदाहरण मात्रै हो मर्भुङ्गका सामुदायिक बन,मठ मन्दिर , मर्भुङ्ग स्वास्थ्य चौकी ,मालिका मावी जस्ता महत्त्वपूर्ण संस्थामा उनको अतुलनीय योगदान छ । तेति मात्रै होइन दघास मैदान सम्म पहिलो पटक मोटर समेत पौडेलकै नेतृत्वमा आएको थियो । २०६३ देखि २०६८ सम्म दघासको मोटर बाटो उपभोक्ता समितिको अध्यक्ष बनेर पौडेलले पहिलो पटक समैरुख,दोस्रो पटक बरारुख र तेस्रो पटक मैदान सम्म मोटर ल्याउन सफल भएका थिए । जुन अहिले यस मोटर बाटोमा बस,ट्रक समेत चल्ने गर्दछन ।
यसरी मरभुङ्गको विकासमा अहोरात्र खटेका पौडेलले आइतबार अर्को सहयोग गरेका छन् । उनले दघासको थानपती निमाविलाई ३५,००० हजार सहयोग गरेका छन् । आफ्ना स्वर्गीय बुबा लाल बहादुर पौडेलले स्थापन कालमा अध्यापन गराएको विद्यालयलाई उनले आर्थिक सहयोग गरेका हुन । विद्यालयले पछिल्लो समय सुरु गरेको बृहत आर्थिक अभियानलाई साथ दिने उदेश्यले सहयोग गरेको उनले बताए । उनले भने“ यो विद्यालय यस क्षेत्रकै सबैभन्दा पुरानो विद्यालय हो यसलाई फलाउने फुलाउने हामी सबैको दायित्व सम्झेर महिले मेरो बुवाको सम्झनामा सहयोग गरे´´ ।
पुर्व अध्यक्ष समेत रहेका पौडेलले अहिलेको कार्यसमितिले गरेको कामको समेत खुलेर चर्चा गरे ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए । अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।