जन्म दिनको अवसरमा विद्यालयलाई १० हजार सहयोग



मङ्सिर २५ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -८ दघास निवासी कमल खत्रीले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
पुर्व विद्यार्थी समेत रहेकी खत्रीले थानपती निमाविको अभियानलाई साथ दिदै १० हजार सहयोग प्रदान गरेका हुन । उनी हाल वैदेशिक रोजगारमा रहेका छन् । श्रीमती र छोराको जन्मदिनको अवसर पारेर विद्यालयलाई आर्थिक सहयोग गरेका हुन ।
विद्यालयले राम्रो योजनाका साथ महान लक्ष्य लिएर अभियान चलाएको भन्दै उनले सबैलाई सहयोग गर्न आह्वान समेत उनको रहेको छ ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए । अहिले देश बिदेश बाट सहयोग आइरहेको र अभियान माघ १५ गते सम्म मात्रै चल्ने हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष खड्काले आह्वान गरे ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता