एकीकृत घुम्ती शिविर बाट रुरुक्षेत्रका १३ सय भन्दा धेरै नागरिकले पाए सेवा
मङ्सिर २४ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले एकीकृत घुम्ती शिविर बाट १३ भन्दा धेरै नागरिकलाई सेवा प्रवाह गरेको छ ।
विभिन्न ११ प्रकारका सेवा लिएर गाउँपालिका सबै वडा-वडामा पुगेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । पालिकाले ६ दिने एकीकृत घुम्ती शिविर बाट एक हजार ६० जनालाई सेवा उपलब्ध गराएको उपाध्यक्ष मिना देवी गौतमले बताईन ।
नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्ने उदेश्यले रुरुक्षेत्र गाउँपालिकाले हरेक वर्ष घुम्ती शिविरको आयोजना गर्दै आएको अध्यक्ष यदु ज्ञवालीले बताए ।
घुम्ती शिविर मार्फत ६९ वटा योजना सम्झौता ,दुई सय २० जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण ,एक जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको छ । त्यस्तै चार वटा व्यवसायी दर्ता हुँदा चार वटानै व्यवसाय नविकरण गर्ने मौका नागरिकले पाएका छन् । दुई सय ७४ जनाको स्वास्थ्य परिक्षण संगै औषधी वितरण गर्दा ६४ जनाले ल्याब सेवा पाएका छन् ।
आयुर्वेद सेवा तीन सय पाँच ,पशुपङ्क्षी सम्बन्धि सेवा तथा औषधि सेवा दुई सय जनाले प्राप्त गर्दा ,कृषि सम्बन्धि परामर्श एक सय ६४ जना र ६१ जना किसानले लिएको माटोको नमुना परिक्षण गरिएको छ । वडा तहमै एकै पटक धेरै सुविधा पाँउदा नागरिक खुसी भएका छन् । योजना सम्झौता गर्दा पालिकामा जादा धेरै झन्झट हुने तर वडामै सेवा पाँउदा धेरै सहज भएको वडा नम्बर पाँच राङबासका राम राना मगरले बताए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।