रुरुक्षेत्रको रिमुवा स्वास्थ्य चौकीमा ल्याब सेवा



मङ्सिर २२ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर छ स्थित रिमुवा स्वास्थ्य चौकीमा ल्याब सेवाको सुरुवात गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बीच ल्याबको उद्वघाटन गरेका हुन । वडा तथा पालिका वासीको स्वास्थ्यलाई मध्यनजर गर्दै रिमुवामा ल्याब सेवा सञ्चालनमा ल्याईएको अध्यक्ष ज्ञवालीले बताए ।
ल्याब सञ्चालनमा आए सङै दिशा, पिसाब र रगत परिक्षणको सुविधा रिमुवा बासीले पाउनेछन् । साथै ल्याबको लागि बलेटक्सार आउनु पर्ने बाध्यता हटेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
ल्याब सेवा लिदा सामान्यतया प्रकृति हेरिकन न्युनतम शुल्क लाग्ने गाउँपालिकाले जनाएको छ ।
रुरुक्षेत्र गाउँपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उपाध्यक्ष मिना गौतमले बताईन । रुरुक्षेत्रका सबै स्वास्थ्य चौकीलाई अब्बल बनाउने गरि पालिकाले काम गरिरहेको उनको भनाई छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता