गुल्मीका सन्तोष :साढे ८ वर्ष कोरियामा पसिना बगाए अहिले नेपालमै स्थायी जागीर खाए !
डिबी खड्का_ ङ्सिर १४ गुल्मी ।
हामीले सुनिरहेका हुन्छौं इच्छा शक्ति र कठोर मेहनतले मानिसलाई सफल बनाउछ । त्यसरी सफल भएका पात्रहरु हाम्रो समाजमा बिरलै देख्न सकिन्छ । बिरलै देखिने मध्ये एक पात्रा हुन गुल्मीको मालिका गाउँपालिका ८ का सन्तोष पौडेल ।
अध्ययन प्रती रुचि र लगाव भएका पौडेल सामान्य घरपरिवारमा जन्मेका हुन ।
पढ्ने इच्छा शक्ति र खुबी हुँदा हुँदै पनि विविध कारणले उनी प्रदेश लाग्न बाध्य भए । लगानी कम लाग्ने र आम्दानी पनि राम्रो हुने हुँदा उनले कोरियन भाषा पास गरेर दक्षिण कोरिया तर्फ सन् २०११ सालमा लागे ।
पौडेल सुनाउछन् “ कोरिया आए त्यहाँ दाम अनुसार काम गर्नुपर्छ,जति धेरै काम त्यति पैसा आउने भएपछी रातदिन नभनी फलामकै काम गरे पाँच वर्ष कोरियामै फलाम पिटे ,पैसा पनि कमाए र सन् २०१६ मा नेपाल फर्किए ´´ ।
नेपाल फर्कीएका पौडेलले स्वदेशमा केही गर्ने वातावरण देखेनन् र पुनः २०१६ मा कोरिया तिरै प्रस्थान गरे ।
दोस्रो पटक कोरिया पुगेका पौडेलले पुरै ५ वर्ष नबसी कोरीयाको नेरफेर २ बर्षको भिषा त्यागेर नेपाल फर्किए । खोजीभरी टन्न पैसा लिएर नेपाल फर्किए पनि त्यहाँको कामको थकान र शरीरले पाएको दु:खले मन भने खिन्न भएको पौडेल सुनाउछन् ।
दोस्रो पटक कोरिया बाट फर्किदै गर्दा उनले स्वदेशमै केही गर्ने योजनाका साथ आएका थिए ।
कृषि ,उद्योग वा कतै लगानी गर्ने वातावरण कोभिडको कारण नदेखेपछी उनले बाटो बदल्ने निर्णय गरे । भन्सार एजेन्टको विज्ञापन खुलेको देखेपछी उनले भन्सार एजेन्टको लाइसेन्सको परिक्षा दिए र पास भई भन्सार एजेन्टको रुपमा काम गर्न थाले ।
भन्सारको एजेन्टको काम आफ्नो स्वभावसित नमिल्ने कुरा मनमा लागेपछी उनी
संघिय राजधानीमा डेरा लिएर निरन्तर लोकसेवा तयारीमा लागे । झन्डै ११ वर्ष पछि पुस्तक समातेका पौडेलले एउटा मात्रै सपना देखेका थिए महिले जसरी पनि लोक सेवा पास गर्नु पर्छ ।
जस्तोसुकै परिस्थितिमा पनि सन्तोषले मेहनत गर्न छोडेनन् र अन्तत यसै वर्ष सरकारी जागीर नै खाए ।
गण्डकी प्रदेशको पाँचौ तहमा सिफारिस भएका पौडेल अहिले तनहुँको घिरिङ गाउँपालिकामा कार्यरत छन ।
पाँचौ तहमा सिफारिस भए पनि आफ्नो उदेश्य भनेको शाखा अधिकृत रहेको उनी बताउँछन् । उमेर हदका कारण आफुले पाँचौ तह बाट जागिरमा प्रवेश गरेको उनको भनाई छ ।
दस वर्ष कोरियामा फलाम पिटेको एउटा ब्याक्तिले लोक सेवा पास गरेर जागीर खानु साच्चिकै कदरयोग्य छ ।
सन्तोषको जिन्दगीको भोगाई र गराई सबैको लागि प्रेरणाको स्रोत बनेको छ । अकल्पनीय पारिवारिक उत्तर-चढाव भोगेर पनि नाम जस्तैः सन्त रहेर गरेको उनको संघर्ष कुनै चलचित्रको कथा भन्दा कम छैन ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।