थानपती निमावीको अभियानलाई साथ दिदै पुर्व विद्यार्थी सुनिताले प्रदान गरिन ११ हजार १ सय ११ सहयोग



मङ्सिर ७ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ८ निवासी सुनिता केसीले विद्यालयलाई आर्थिक सहयोग गरेकी छन ।
हाल बाग्लुङमा शिक्षण पेसामा रहेकी पुर्व विद्यार्थी केसीले दघास स्थित थानपती निमाविलाई एघार हजार एक सय ११ सहयोग प्रदान गरेकि हुन ।
सो विद्यालयले सुरु गरेको बृहत शैक्षिक सुधार अभियानमा साथ दिने उदेश्यले आफूले सक्दो सहयोग गरेको उनले बताएईन ।
केसीले भनिन “ महिले पनि त्यहीँ विद्यालयमा पढेकी हुम ,आज सोही विद्यालयका कारण महिले पनि सरकारी जागीर खाएकी छु ,त्यसमा पनि शिक्षण पेसामै आवद्ध भएकी छु ´´।
केसीले थपिन ,“हामीले पढ्दा र अहिले अवस्था धेरै फरक छ । त्यसैमा अहिलेको विद्यालय व्यवस्थापन समितिले धेरै नयाँ र रचनात्मक काम गरेको छ म यसमा धेरै खुसी छु ,अहिले मलाई रहर जागेको छ त्यही विद्यालयमा अध्यापन गराउने ´´।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
हाल सम्म सुनिता केसी सहित, मालिका गाउँपालिका ७ का गोपाल कार्की बाट दुई हजार,मालिका ८ का गोपाल पौडेल बाट ६ हजार ६ सय १७ ,सोही वडाकी सृजना खड्काले ५५ हजार ५ सय५५,मालिका ८ का सुरज जिसीले ५ हजार र मालिका गाउँपालिका ३ हङदीका भुम घर्तीले ५ हजार सहयोग प्रदान गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता