थानपती निमावीलाई कोरिया बाट पठाए गोपाल पौडेलले ६ हजार ६ सय १७ रुपैयाँ सहयोग
मङ्सिर ५ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ८ हुल निवासी गोपाल पौडेलले विद्यालयलाई आर्थिक सहयोग गरेका छन ।
हाल दक्षिण कोरियामा रहेका पौडेलले दघास स्थित थानपती निमाविलाई ६ हजार ६ सय १७ सहयोग प्रदान गरेका हुन ।
सो विद्यालयले सुरु गरेको बृहत शैक्षिक सुधार अभियानमा साथ दिने उदेश्यले आफूले सक्दो सहयोग गरेको पौडेलले बताए ।
पौडेलले भने“ महिले पनि कुनै दिन त्यस विद्यालयमा १ महिने शिक्षण तालिम गरेको थिए , मलाई याद छ त्यो ०६७ साल को अवस्था हेर्दा र अहिले धेरै फरक छ ´´ ।
पौडेलले थपे,`विद्यालयले त्यहाँको उज्ज्वल भविष्य सोचेर अभियान सञ्चालन गरेको छ त्यसमा मेरो मात्रै होइन म जस्तै अन्य युवाको सहयोग साथ र समर्थन हुनु पर्दछ ´।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले यस अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
हाल सम्म गोपाल पौडेल बाट ६ हजार ६ सय १७ सहित ,सोही वडाकी सृजना खड्काले ५५ हजार ५ सय५५, सुरज जिसीले ५ हजार र मालिका गाउँपालिका ३ हङदीका भुम घर्तीले ५ हजार सहयोग प्रदान गरेका छन् ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।