२३ वर्ष अध्यापन गराएका शिक्षक अर्यालको बिदाइ
मङ्सिर ३ गुल्मी ।
मालिका गाउँपालिका ८ स्थित थानपती निमाविमा २३ वर्ष अध्यापन गराएका शिक्षक कुल प्रसाद अर्यालको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।
थानपति निमाविमा ८ वर्ष प्रधानाध्यापक समेत समालेका अर्याललाई आज एक भव्य कार्यक्रमका बीच बिदाई गरिएको विद्यालयका सूचना अधिकारी राजु पौडेलले जानकारी दिए ।
शिक्षक,विद्यार्थी ,अभिभावक र विद्यालय व्यवस्थापन समितिले फुलमाला ,मायाको चिनो र सम्मान पत्र प्रदान गरि विदाई गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले शुभकामना मन्तब्य राख्दै सुखमय सेवा निवृत्त जीवनको कामना गरे ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले शिक्षक कुल प्रसाद अर्याल बाट विद्यालयले मात्रै नभई सिङ्गो दघासले ज्ञान र सतकर्म सिकेको बताए ।
त्यस्तै सेवा निवृत्त भएका कुल प्रसाद अर्यालले पनि दघास र दघास वासी बाट सदैव मीठो सहयोग साथ मिलेको बताए । विद्यालय व्यवस्थापन समिति ,अभिभावक तथा शिक्षक बाट सदैव राम्रो सहयोग साथ पाएको हुँदा आफ्नो अबधिमा केहि नयाँ र रचनात्मक काम गर्ने मौका पाएको उनले बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी केसी,शिक्षा शाखाका सुरज जिसी,अभिभावक गजिन्द्र पौडेल ,सन्तोष पौडेल लगायतले मन्तव्य राखेका थिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।