सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे



पुष २१ ।
नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्योदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर गाड्न रोकेका हुन् ।

स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाडेको पिलर उखेलेर एसएसबी त्यहाँबाट भागेको छ । एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम ९जीपीएस०ले देखाएको ठाउँ भन्दै नेपाली भूभागपट्टि पिलर गाड्ने प्रयास गरेको सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट ९बीओपी०का इन्स्पेक्टर नवीन खतिवडाले बताए । उनले भने, ‘हामी कसैलाई थाहै नदिई विवादित ठाउँमा एसएसबीले पिलर गाड्न खोजेको रहेछ ।’

भारतले सीमा क्षेत्रमा राखेको एसएसबीको बीओपीमा नयाँ नेतृत्व आएपछि पिलर गाड््ने प्रयास भएको सशस्त्र प्रहरी निरीक्षक खतिवडाले बताए । नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । पटक पटक सिमानामा भएको विवादले स्थानीय समस्यामा पर्न थालेका छन् । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरे पनि सानोतिनो समस्या अहिले पनि देखिरहने गरेको छ । यो खवर आजको राजधानी दैनिकमा भगीरथ भण्डारीले लेखेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता