सांसद चन्द्रकान्त भण्डारीकि आमाको निधन
फागुन ४ गुल्मी ।
ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचाररत ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ।
गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा हरिकला र उनका छोरा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएका थिए।
कीर्तिपुर अस्पतालकी निर्देशक डा. निजिमा ताम्राकारले हरिकलाको निधन भएको सेतोपाटीलाई जानकारी दिइन्। ‘उहाँको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो,’ उनले भनिन्।
सांसद भण्डारीको उपचार जारी छ। उनलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ।
स्रोत सेतो पाटी
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।