सरकारी विद्यालय प्रती अभिभावको चासो कम हुदैं गयो ः उपादक्ष्य खत्री

माघ २६ गुल्मी ।
गुल्मीको इस्मा गाँउ पालिकाकी उपादक्ष्य बिमला खत्रीले सरकारी विद्यालय प्रती अभिभाकको चासो कम हुदै गएको बताएकी छन् । वडा नम्वर एकको हिमाल माध्यमिक विद्यालयको ५९ औं वार्षीक उत्सवको दोस्रो दीनको कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि खत्रीले सो कुरा बताएकी हुन । “पछिल्लो समयमा अभिभावक हरु सरकारी विद्यालयमा भन्दा पनि निजि विद्यालय प्रती आकर्षित हुदाँ सरकारी विद्यालको शैक्षिक गुणस्तर खस्कीदै गएको उनको बुझाई छ ” ।
सरकारी विद्यालय प्रती विद्यार्थी तथा अभिभावकहरु लाई आकर्षित गर्ने स्थानीय तहले पनि ध्यान दिनु पर्ने उनको तर्क थियो ।
साथै गाँउपालिका बाट विनियोजित कार्यक्रमहरु प्रभावकारी ढङ्गगले अगाडी बढाउन विद्यालयलाई सुझाव समेत दिएकी छन् । प्राविधीक धार तर्फ कृषी बाली विज्ञानको अध्यापन हुदै आएको यस विद्यालयलाई गाँउ पालिका बाट सक्दो सहयोग गर्ने प्रतीबद्धता समेत व्यक्त गरेकी छन् ।
शनिवार देखी सुरु भएको ५९ वार्षीक उत्सव भोली सम्म चल्ने छ । ५९ औं वार्षीक उत्सवको अवसरमा अन्तर सदानात्मक तथा विद्यायल स्तिरिय विविध खेलकुद प्रतीयोगीताको आयोजना गरिएको विद्यालय स्रोतले जानकारी दिएको छ । दोस्रो दिनको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोर्ण कुवरको अध्यक्षता,वडा नम्वर एकका वडा अध्यक्ष चुरा बहादुर खत्री तथा इस्मा गाँउ पालिकाका शिक्षा शाखाका लाल बहादुर कुंवरको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रको सञ्चालन शिक्षिका ढालीमा कुंवर र शिक्षक मोहन खत्रीले गरेका थिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।