सन्तान बढेर १० पुगे, बाबुले उपचार नपाएर ज्यान गुमाए



प्रेम सुनार,गुल्मी ।

छोरा पाउने रहरमा गुल्मीको भनभने गाउँका एक दम्प तीले ९ वटी छोरी र एक छोरा सहित १० सन्तान जन्माए । ती मध्ये एक जना मा त्रैको मृत्यु भयो ९ जना जिवित रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नम्बर प्रदेश सदस्य बुद्धि जिसीले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ७ भनभने नेटाखर्कका ४२ बर्षिया राम बहादुर खड्का दम्पतीले ४२ बर्षको उमेर दाम्पत्य जिवनका करिव २० बर्षमा १० सन्तान जन्माएका हुन । याहि क्रममा दुबै मृगौला फेल भएको चन्द्रबहादुर खड्काको यहि फागुन १५ गते निधन भयो । यति बला उनका ११ बर्षीय छोरा किरिया क्रमको कुनोमा छन । दाह संस्कार गर्ने सम्मको उपायत नभए पछि गाउँवासीले शाहघाट बाटै चन्दा उठाएर काज किरिया गरिरहेका छन् । ८ वटी छोरीहरु सबै संग सहयोगको अपिल गर्दै आएका छन । त्यो परिवारको त्यस्तो विचल्ली देखेर स्थानियवासी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) युवा नेता बुद्धि जिसीले सोही स्थानमा पुगेर त्यो परिवारलाई किरिया खर्चस्वरुप नगद ३५ हजार सहयोग गरेका छन । ८ छोरीहरु मध्ये दुई छोरीको विवाह भइसकेको छ ।

एक छोरीले दिदिको घरमा बसेर पढ्दै आएकी छिन् भने एक छोरीले गरिबीले गर्दा बिचैमा पढाई छाडेकी छन् । ‘उपचारको लागि बुबालाई भएभरको सम्पत्ति बेचेर विभिन्न ठाउँमा पु¥र्यायौँ, तर दैवको अगाडी हाम्रो केहि लागेन ।’ छोरी पवित्राले भनिन्, ‘सानै उमेरमा बुबा गुमाउदा धेरै दुःख लागेको छ ।’

राम बहादुरका छोरा मनिष ११ बर्षका भए । उनी अहिले काजकिरियामा बसेका छन् । आफुलाई पढेर असल मान्छे बन्ने रहर भएपनि घरको आर्थिक अवस्थाले अवरोध गरेको मनिषले बताए । उनलाई राम्रोसँग ओढ्ने कपडा त परै जाओस्, परिवारमा पकाउने अन्न, बाल्ने दाउरा समेतको अभाव छ । त्यसैमाथि मनिषलाई हर्नियाको समस्या छ । ‘बुबालाई त गुमाउनुप¥र्यो, भाईलाई समेत हर्नियाको समस्या छ, उपचार गर्ने रकम छैन ।’ मनिषकी दिदि पवित्राले भनिन्, ‘सक्नेले सहयोग गरिदिए केहि सहज हुने थियो ।’ स्थानीय नारायण पौडेलका अनुसार राम बहादुरको निधन हुँदा घाटमा सबैले चन्दा उठाएर १२ हजार संकलन गरिएको थियो । ‘हामी छिमेकीले सक्नेजति गरेका छौ, तर पर्याप्त भएको छैन ।’ पौडेलले भने, ‘उक्त परिवारलाई सहयोग गरे धर्म कमाउन देउता ढोग्नु पर्दैन ।’ उनले खड्का परिवारको घर भूकम्पमा परि क्षति भएको तथा बर्षभरी गरेको खेतिले तीन महिना पनि खान नपुग्ने बताए ।

तीन बालबालिकाको जिम्मा

अहिले परिवारमा मनिषसहित तीन छोरी ११ बर्षभन्दा मुनिका छन् । सहयोग लिएर पुगेका जिसीले साना तीन छोरीको माध्यमिक तहसम्मको शिक्षामा लाग्ने सबै खर्च जुटाउन आफुले सहयोग गर्ने प्रतिवद्धता जनाए । आफ्नो जन्मघर भनभनेमै भएका जिसीले परिवारमा राम बहादुर नभएको महसुस हुन नदिनेगरी आफुले भूमिका खेल्ने बताए । त्यसका साथै उनले सबैसँग आफुसक्दो आर्थिक सहयोग गरी परिवारको उद्धारमा लाग्न समेत सबैलाई अपिल गरेका छन् । स्थानीय चन्द्रु गिरीले उक्त परिवारको उद्धार र सहयोगको लागि सबै एकजुट हुनुपर्ने बताए । यदि कसैले मृतक खड्काको परिवारलाई सहयोग गर्न चाहेमा ९८४७०४७५०२ मा सम्पर्क गर्न पनि परिवारले आग्रह गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता