सत्यवती गाउँपालिका द्वारा उत्कृष्ट विद्यार्थी ,शिक्षक र विद्यालय नगद सहित सम्मानित !



डिबी खड्का -असार २३ गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिकाले शैक्षिक सत्र २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी ,आफ्नो विषयमा सतप्रतिशत पास गराउने शिक्षक र उत्कृष्ट अंक ल्याउने विद्यालयलाई सम्मान गरेको छ ।
पालिकाले एक विशेष कार्यक्रमको आयोजना गरेर विद्यार्थी र शिक्षकलाई नगद ५/५ हजार र विद्यालयलाई १५ हजार नगदसहित सम्मान गरिएको शिक्षा शाखाका प्रमुख विष्णु ज्ञवालीले बताए ।
कक्षा एक देखि १२ सम्मलाई पाँच भागमा विभाजन गरेर विद्यार्थी सम्मान गरिएको जहाँ उत्कृष्ट अंक ल्याउने सात जना विद्यार्थी सम्मानित भएका छन् ।
त्यस्तै आफ्नो विषयमा सतप्रतिशत पास गराउने विभिन्न विद्यालयका २७ जना शिक्षकलाई पनि सम्मान गरिएको छ ।
२७ जना भन्दा धेरै शिक्षकले आफ्नो विषयमा सतप्रतिशत विद्यार्थी पास गराएपनी विद्यार्थीले प्राप्त गरेको अंकलाई औसत मानेर सम्मान गरिएको हो । प्रतिव्यक्ति पाँच हजारका दरले सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले जानकारी दिए ।
त्यस्तै पालिका भित्रका उत्कृष्ट ६ विद्यालयलाई नगद १५ हजार सहित सम्मान गरिएको उपाध्यक्ष निरुमाया तरामुले बताईन ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने र विभिन्न विधामा उत्कृष्ट ब्याक्तिलाई प्रोत्साहन गर्ने उदेश्यले सम्मान गरिएको पालिका अध्यक्ष टीकाराम पाण्डेले बताए ।
पालिकाले गरेको सम्मानले प्रेरणा मिलेको र आगामी दिनमा थप हौसिएर काम गर्ने उर्जा मिलेको सम्मानित भएकाहरुको भनाइ छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता