सत्यवतीमा १० माउ बाख्रा पाल्ले किसानलाई तीन दिने प्रशिक्षण र २५ हजार अनुदान !



फागुन १२ गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिकाकाले १० वटा माउ बाख्रा पाल्ने किसानलाई २५ हजार अनुदान दिने भएको छ ।
गाउँपालिका भित्रका ३० जना किसानलाई छनोट गरि तीन दिने प्रशिक्षण दिइएको र खोर सुधारको लागि नगद २५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए ।

गाउँपालिकालाई मासु निर्यात गर्न सक्ने बनाउने उदेश्यले यो कार्यक्रमलाई अगाडि बढाईएको अध्यक्ष पाण्डेले उल्लेख गरे ।

किसानलाई आत्मनिर्भर मात्रै नभई उद्यमी बनाउने र रोजगारीको अवसर सिर्जना गर्ने अभिप्रायले प्रशिक्षण सहित अनुदानको कार्यक्रम गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाका पशुपंक्षी शाखाका प्रमुख नारायण खनालले बताए ।

३० जना किसानलाई फागुन १० गते देखि १२ गते सम्म पशु पालन तथा पशु आहार विज्ञ तुल्सिराम भण्डारीले प्रशिक्षण दिइएका हुन । बाख्रा कसरी पाल्ने,खोर कस्तो बनाउने,कुन मौसममा कस्तो घाँस लगाउने तथा पोसिलो आहाराको बारेमा प्रशिक्षण दिईएको हो । ३० जना किसानहरुलाई सत्यवती गाउँपालिकाका उत्कृष्ट २ वटा फर्मको स्थलगत भ्रमण समेत गराईएको थियो ।

त्यस्तै किसानले खोर बनाईसके पछि अनुगमन गरेर नगद अनुदान दिने गाउँपालिकाकाले जनाएको छ ।

प्रशिक्षण सहित अनुदान पाउने भएपछि किसान खुसि भएका छन् भने यता गाउँपालिकाले पनि अनुदानको सहि सदुपयोग हुने अपेक्षा राखेको छ । साथै  उत्कृष्ट किसानलाई अर्को वर्ष पुरस्कृत गर्ने जस्ता योजना समेत गाउँपालिकाले अघि बढाएको छ ।

सत्यवती गाउँपालिका मासुमा आत्मनिर्भर गाउँपालिका घोषणा भैइसकेको छ । भने त्यहाँका किसानले ब्याक्तिगत फम संगै ४० वटा बाख्रापालन समुह बनाएर बाख्रा पालिरहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता