सत्यवतीको पीडामा गुल्मीका सबै स्थानीय तहको साथ



डि.बि खड्का, गुल्मी ।

गुल्मीको सत्यवती गाउँ पालिकामा घटेको प्राकृतिक विपत्तिमा गुल्मीका सबै स्थानीय तहले सहयोग गरेका छन् । सत्यवतीको पीडामा मल्हम स्वरूप सबै स्थानीय तहले आर्थिक राहात रकम प्रदान गरेका हुन ।

कुन स्थानीय बाट कति आर्थिक सहयोग ?

सत्यवती गाउँ पालिकाकालाई जिल्लाको मालिका गाउँ पालिकाले गाउँ पालिकाको दुई लाख आर्थिक सहायता रकम प्रदान गरेको मालिका गाउँ पालिकाका सूचना अधिकृत जगत पौडेलले जानकारी दिएका छन् । त्यस्तै मदाने गाउँ पालिकाले एक लाख ५१ हजार एक सय पाँच रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको मदाने गाउँ पालिकाका अध्यक्ष दान बहादुर केसीले बताए । घुर्कोट गाउँ पालिकाले दुई लाख दश हजार आर्थिक सहयोग गरेको सत्यवती गाउँ पालिकाले उल्लेख गरेको छ । इस्मा गाउँ पालिकाले गाउँ पालिका बाट एक लाख ५१ हजार तथा इस्मा गाउँ पालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिन बराबरको पारिश्रमिक झन्डै एक लाख सहयोग रकम प्रदान गरेको इस्मा गाउँ पालिकाकी उपादक्ष्य बिमला खत्रीले बताईन । त्यस्तै जिल्लाको रुरु गाउँ पालिकाले दुई लाख रकम सहयोग गरेको सत्यवती गाउँ पालिकाले उल्लेख गरेको छ । गुल्मी दरबार गाउँ पालिकाले ६१ हजार आर्थिक सहयोग प्रदान गरेको गुल्मी दरबार गाउँ पालिकाका अध्यक्ष अशोक कुमार थापाले बताए । छत्रकोट गाउँ पालिकाले एक लाख ५१ हजार आर्थिक सहयोग प्रदान गरेको छत्रकोट गाउँ पालिकाका अध्यक्ष मधृकृष्ण पन्तले बताए । चन्दकोट गाउँ पालिकाले तीन लाख २६ हजार सात सय पच्पन्न रुपैयाँ आर्थिक सहयोग गरेको चन्द्रकोट गाउँ पालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीले बताए । कालीगण्डकी गाउँ पालिकाले दुई लाख सहयोग रकम प्रदान गरेको छ । जिल्लाको रेसुङगा नगरपालिकाले तीन लाख एक हजार आर्थिक रकम सहयोग प्रदान गरेको रेसुङगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाले जानकारी दिए । त्यस्तै यता जिल्लाको मुसिकोट नगरपालिकाले एक लाख ५१ हजार आर्थिक रकम प्रदान गरको मुसिकोट नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए । त्यस्तै सत्यवती गाउँ पालिकाले प्रति मृतक परिवार २५ हजार र क्रिया खर्च गाउँ पालिकाले प्रदान गर्न गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता