सत्यवतिका पहिरो पिडितको लागि नगद सहित राहत सामग्री हस्तान्तरण



 कौरव खत्री  गुल्मी २६ साउन ।

गुल्मी सत्यवतिका पहिरो पिडितहरुका लागि नगद सहित  विभिन्न सामाग्रीहरुका  हस्तान्तरण गरिएको छ ।  शनिवार ललितपुर पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्रध्यापक तथा समाजसेवी हरि दर्लामीको सक्रियतामा सत्यवति गाँउपालिका वडा नं. ३ ठूललुम्पेकका पहिरो पिडितहरुका लागि कारिटास सुजरल्याण्डबाट ५ थान टेन्ट,सिलपाउलिन २२ थान,टरपाउलिन ११ थान,रचिार्जलेवल लालटिन ८० थान गरि करिव ८लाख,५० हजार मूल्य बरावरको सामाग्री समाजसेवी हरि दर्लामीको टोलीद्धारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण गरेका थिए । 

साथै मगर इन्जिनियरर्स आकिटेक्स र गुल्मीको रिमुवादेखि हाल काठमाण्डौमा बस्दै आएका रिमुवाबासीहरु तथा शुभचिन्तकबाट संकलन गरिएको रकम ३लाख,५हजारको नगद चेक समाजसेवी हरि दर्लामीको टोलीद्धारा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई हस्तान्तरण समेत गरिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता