वडा सदस्य थापा ,जसले वडाको काम संगै नि: शुल्क एम्बुलेन्स चलाएर गाउँवासीको सेवा गर्छन !



माघ २२ गुल्मी ।
गुल्मीका एक जना वडा सदस्यले वडाको काम संगै ,स्वास्थ्य चौकीको एम्बुलेन्स नि: शुल्क रुपमा चलाउदै आएका छन् । जिल्लाको मालिका गाउँपालिका ३ ह्वाङदीका वडा सदस्य सुर्य थापाले आफू वडा सदस्यमा निर्वाचित भैइसकेपछी पनि निरन्तर एम्बुलेन्स चलाईरहेका छन । वडा सदस्य बन्नु पुर्व पनि थापाले सोही अर्थात ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स चलाउदै आएका थिए ।
गाउँमा एम्बुलेन्स चलाउने ड्राइभरको अभाव भएपछि थापाले एम्बुलेन्स चलाईरहेको वडा अध्यक्ष ज्ञान कुमार बुढा मगरले बताए ।

गाउँमा बिरामिले दु:ख पाउने, एम्बुलेन्स त्यतिकै थन्कने अवस्था आए पछि वडाको काम संगै नि शुल्क एम्बुलेन्स चलाईरहेको थापाले बताए । उनले भने “महिले वडाले दिने सेवा सुबिधा लिएको छु तर एम्बुलेन्स चलाए बापत स्वास्थ्य चौकी बाट कुनै पनि सेवा लिएको छैन ´´।
साथै थापाले थपे “ स्वास्थ्य चौकीमा एम्बुलेन्स घाटामा छ त्यसकारण कसैले एम्बुलेन्स चलाउन मान्दैन तर महिले जनताले दुख नपाउन भनेर नि शुल्क एम्बुलेन्स चलाई रहेको छु ´´ ।
वडाको काम संगै एम्बुलेन्स दिनरात नभनी चलाउनु पर्ने बाध्यता भएका कारण स्थानीय सरकारले आफुलाई केही प्रोत्साहन गरे हौसला मिल्ने अपेक्षा थापाले गरेका छन् ।
यता स्थानीय सरकारले पनि सुर्य थापाले गरेको कार्यको उचित मुल्यांकन गर्दै प्रोत्साहन मुलक केही काम गर्ने सोच बनाएको गाउँपालिकाका प्रबक्ता ज्ञान कुमार बुढाले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता