वडा अध्यक्ष पदका उम्मेदवार कुँवर भन्छन ‟ शिघ्र सेवा र तिव्र विकास” नै हाम्रो मुख्य ध्येय हो



बैशाख १७ गुल्मी ।

नेपाली काङ्ग्रेसको तर्फ बाट इस्मा गाउँपालिका १ को वडा अध्यक्ष पदका उम्मेदवार बनेका शेर बहादुर कुँवरले आफ्नो मुख्य उदेश्य भनेको शिघ्र सेवा र तिव्र विकास भएको बताएको छन ।
गुल्मी अपडेट सङ विशेष कुराकानी गर्दै कुँवरले पछिल्लो समय विभिन्न सरकारी कार्यालय तथा वडा कार्यालयले सेवा प्रदान गर्दा ढिलासुस्ती गर्ने स्वच्छ सेवा प्रदान गर्न कन्जुस्याइँ गरेको बताउदै त्यस्तो परम्परा आफुले तोड्ने बताएका छन । साथै विकासका नाममा ढिलासुस्ती गर्ने हरेक वर्ष रकम थप्ने , खण्ड खण्ड गरेर विकास निर्माणका काम प्रति आनकानी गर्ने परिपाटीको अत्य गर्दै परियोजना मार्फत काम गर्ने बताए ।
नागरिकलाई मत दिएका आधारमा गरिने विभेद अत्यन्तै दु :खद रहेको बताउदै सम्पुर्ण इस्मा वासी वडा नम्बर एकका जनतालाई आफुले जितेको खण्डमा सम्मान तथा न्यायोचित व्यावहार गर्ने प्रतिबद्धता समेत कुँवरले जनाए ।
त्यस्तै फरक प्रसङ्गमा इस्मा एकमा विकासका थुप्रै सम्भावना रहेको बताउदै पर्यटकीय क्षेत्रको उचित संरक्षण गर्ने ,सडकको स्तर उन्नतिका साथै विकासका अन्य पुर्वाधार शिक्षा ,स्वास्थ्य ,खानेपानी ,विद्युतीकरणलाई आफुले जोड दिने बताए। साथै विपद व्यवस्थापनमा नयाँ रणनीति बनाएर आफुहरुले काम गर्ने योजना रहेको कुवरले सुनाए ।
समाजशास्त्रमा मास्टर डिग्री गरेका कुँवर बौद्धिक तथा स्वच्छ छविका नेताका रुपमा परिचीत छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता