लासमाथी सहवासको डर भो आमा…..!!
प्रेम सुनार ।
केहि बलात्कारका मुद्धा र पर्दा पछाडीका कुराहरु बुझ्दै जाँदा निकै भावुक र चिन्तित हुँदै जान थालेको छु म आजकल । अँस्ती राती त मैले सपना मै डर लाग्दो मुद्धाको सामना गरें । कसैलाई ठाडो आँखा नलगाउँदै त अनेकन भ्रमहरु छरेर म विरुद्ध बदनाम गरेर नथाक्ने तर लछारपाटो केहि लगाउन नसकेका केहि मित्रहरुकै षडयन्त्र सपनामा पनि सामना गर्दाको त्ये भय अनि त्यस खालको पीडा मैले विपनामा नै कतिपय अवस्थामा भोगेकै छु ।
मानसिक सन्तुललन बिग्रेर सात दिन देखि जंगलमा बेपत्ता मेरी आमालाई खोज्दै र अनेकन अप्रिय कल्पनाले विक्षिप्त हुँदै याकुल ब्याकुल भएको थिएँ म । जब उहाँ श्रृगाको र्जगलमा फेला पर्नु भयो भन्ने स्ुन्दा हर्ष विभोर थिएँ । यो कुरा ८ बर्ष अघिको थियो । बर्षायामको बेला थियो । भाई भतिजाहरु लगाएर श्रृङ्गाबाट आमालाई जसोतसो तम्घास ल्याईयो । त्यति बेला मेरो अफिस तम्घासको लाँकुरीमञ्चमा थियो । आमालाई बाहिर छाड्यो कि दौडिदै भाग्दै गर्ने । त्यही भएर मेरो अफिस भित्र राखेर बाहिरबाट ढोका लगाई नजिकै रहेको मैत्री रेष्टुरेण्टमा पुगेर रुझेर बेहाल मेरा हामालाई ततो स्ुप खुवाउनका लागि अर्डर गरें । बनाउन केहि बेर ढिला भयो । तर त्यतिन्जेल सम्म मलाई पत्तासाप गराउन पाईने भयो भन्दै एकथरी मित्रहरुको जमघट सुरु भई सकेछ ।
प्रेमले एउटी महिलालाई अफिसमा राखेर अनैतिक कृयाक्लाव गर्न लागेको भन्दै फोन मार्फत धेरैलाई खबर भएछ । प्रहरीलाई पनि खबर भए छ र गाडी आई सकेको रहेछ । म महिला भई दिएकको भए मेरो ग्ुन्यो धोएर नाथाक्ने भन्थे । पुरुष भएकोले मेरो कट्टु धोएर नथाक्ने केहि मित्रहरुले क्यामरा समेत त्यो असिनाधारे पानीमा तेर्साउँदै पनि थिए । बहुचर्चित बनेको ओझेलका खबरका कारण गुल्मेली र छिमेकी जिल्लाहरुका श्रोताको समेत अपार माया बटुल्दै गरेको डाह केहि मित्रहरुले पोख्नका लागि बुझ्दै नबुझी मेरी आमालाई समेत हतियार बनाउने कोशिस गरेका थिए ।
त्यो सुपको भाँडो बोकेर अफिस नजिक म आई पुग्दा निकै चर्का चर्का कुरा गर्दै ढोका खोल्न मलाई दवाव दिईदै थियो । ढोका त म स्वतः खेल्दै थिएँ जहाँ मेरी आमालाई थुनेको थिएँ । खोलेर हेर्दा मेरी आमा देखे पछि मरेको मुख लगाएर हिडे ती मित्रहरु । थुक्क नरपिचासहरु । अझ त्यस्ताले धर्म गर्छु पुञ्य कमाउँछु भन्दै मन्दिर धाउँछन । कहिले काँही त सेतो र पहेलो वस्त्र भिरेको पनि देख्छु । आफुलाई निकै ठुलो समाज सेवीका रुपमा चिनाउन खोजेको पनि पाउँछ । तर सोच त्यति घटियाकी कसैकी आमा हो कि दिदी बहिनी त्यो बुझ्दै नबुझी त्यति निच षडयन्त्रको तयारी । त्यो रात मेरी आमा र श्रीमति संग हाम्हालेर कम्ता रोएको होईन म । अहिले पनि त्यो सम्झीदा आँशु बग्छ । साँच्ची यो दनियाँमा सतधर्म भन्ने चिज छ भने मेरा आशुले त्यस्तालाई पोलोस भनेर अन्तर मनले सराप पनि दिन्छ । सायद त्यसैले होला कतिपयलाई पोली पनि सकेको छ र अरुलाई क्रमिकरुपले त्यो आउन पनि सक्ला ।उनिहरुले दिएको त्यो पीडा म मरेर मलाई खरानी बनाउँदा पनि चहराई रहने छ । समाजमा अलिकति चर्चा पाउन थालेका मान्छे माथी हुने त्यस्ता खालका निकृष्ट षडयन्त्रहरुको यो त एउटा सानो उदाहरण मात्रै हो ।
एक पछि अर्को हुँदै सामन्य मानिसले पनि पत्याउनै नसक्ने बलात्कार र सोही प्रकृतिका म्ुुद्धा प्रहरीमा बढ्दै जाँन थाले पछि म र म जस्ता पुरुषहरु छुराको धारामा हिड्नु पर्ने भएको छ । अँस्ती एउटी बहिनी मेरो अफिसमा आउनु भयो ।
बलात्कार मुद्धाका चर्चा सुनाउँदै भन्दै हुनुहुन्थ्यो कसैले कसैलाई बदला लिन वा अन्य रिसईवी साँधे ब्यक्तिलाई छुरा प्रहार वा गोली नै ठोक्नु परेन । सिधै एउटी महिला प्रयोग गरेर क्षणभरमै उसको जिन्दगी खतम हुने निश्चित भयो । उहाँले आफ्नो स्कुले जिवनको स्मरण गर्दै भन्नु भयो एउटा केटाले मलाई भित्र भित्रै मन पराउँदो रहेछ । उसले बोल्न नसकेर साथी मार्फत मलाई एउटा चिठी पठायो । त्यो पढ्न मलाई दिन लाग्यो । घरका मान्छेहरुको आँखा छलेर पढ्नु पर्ने आज अलिकति भोली अलिकति गरेर पढेर त सके तर रिप्लाई लेख्ने सकिन, भ्याईन । अनि एक दिन त्यस केटाले मेरो पाखुरो समातेर तान्दै भन्यो हुन्छ भने हुन्छ भने हुन्न भने हुन्न भन । मैले जवाफ नदिई उसको हात खुस्काएर हिडे ।
साँच्ची दाई अहिले जस्तो भए त उसलाई बलात्कारको मुद्धामा जाक्न पाईने रैछ हैं ? हो बहिनी कुरा गरि साध्ध्े छैन भनेर मैले जवाफ दिएँ । पत्रकारिता क्षेत्रमा निरन्तर झण्डै तीन दशक भयो । यस क्रममा थुप्रै महिला सहकर्मीहरु संग पनि धेरै ठाउँमा रिर्पोटिङ्ग गर्न पुग्यौं । धेरै पटक र धेरै टाढा टाढा सम्म कहिले तालिम , कहिलेले विभिन्न कार्यक्रमहरुमा सहभागि हुन पनि पुग्यो । पुरुष साथीहरु सग हुने हाँसो ठटा पनि गरियो । कहिले उनिहरुले कहिले आफुले जिस्काउने पनि गरियो ।
हाँस्ने जिस्कीने मानव स्वभाव पनि हो । तर कहिल्लै कसै संग शाररिक लालच चलेन । तमाम सहकर्मी दिदी बहिनीहरु साँछाी हुनुहुन्छ । तर अरु मानिस बिरुद्ध परेको मुद्धा सुन्दा हाम्रो पेशा झन जोखिम पुर्ण छ । अँस्ती एउटी बहिनी आफु यौनहिसामा परेको भन्दै मेरो अफिसमा आउनु भयो । उहाँहरुका अभिभावकहरु पनि आउनु भएको थियो । पहिला पहिला क्यामरा लिएर त्यस्ता महिलालाई बेग्लै कोठामा लगेर सोध्थें । तर आजकल डर लाग्न थालेको छ । मैले ती बहिनीलाई भित्र जाउँ भन्न सकिन । एउटी सहयोगी बहिनी पठाएर रेकर्ड गर्न लगाएँ ।
बलात्कारकोे पीडा लिएर आउने महिलाले फेरी बलात्कारकै षडयन्त्र बोकेर आउन पो के बेर ? भन्ने त्रास बढ्न थालेको छ । केहि दिन अघि बुटवलतिर एक जना प्रहरी अधिकृत संग भलाकुसरी भयो । उहाँ भन्दै हुनुहुन्थ्यो । मैले मेरो अफिसमा महिला प्रहरीलाई एक्लै बोलाउँदिनँ । के बेर मै जे बोल्दीए पनि भएको छ । जिन्दगी खत्तम होला भन्ने त्रासमा सर्वसाधरण मात्रै होईन हामी प्रहरी पनि छौं ।
जब पीडा कसैले दिन्छ त्यो सहेर बस्नु पाप हो । कदापी कोही सहेर बस्न हुँदैन । त्यस माथी बलात्कार जस्तो जघन्य अपराध कुनै पनि महिलाले सहेर बस्न एकछिन पनि हुँदैन । तर यहाँ त महिनौ पछि बलात्कारको पीडा लिएर आउँदा त्यो सही हो कि वा फसाउँन ? भन्ने प्रश्न चिन्ह खडा भएको छ । जिल्ला अदालत गुल्मीका अधिबक्ता प्रेमराज आचार्य अहिले ८१ बर्षको हुनु भयो र त्यस अदालमा कानुन ब्यवसायीको अनुभव संगालेकै चालिस बर्ष भयो । उहाँ भन्नु हुन्छ , सवुत प्रमाण केहि नचाहिने ,महिला बोल्यो कि डोल्यो जस्तो बलात्कार मुद्धा बनी हाल्ने पछिल्लो अवस्था प्रति बिशेषतः प्रहरी सवुत प्रमाण जुटाएर मात्र अगाडी बढ्न जरुरी छ । अर्का अधिवक्ता तथा बारएशोसयनका अध्यक्ष चिरञ्जिवी शर्मा पनि बलात्कार मुद्धाका सवुत प्रमाण फितलो र हचुवाको भरमा मुद्धा दर्ता हुने गरेको अभाास हुन थालेको बताउनु हुन्छ ।
त्यस्तै हो भने कुनै पनि क्षेत्रको कुनै पनि लोग्ने मान्छे कुनै पनि बेला बलात्कार मुद्धाको आक्रमणमा पर्न सक्ने देखिन्छ । म एकछिन डाक्टर वा स्वास्थ्यकर्मी बनेर हेछ्ु । उपचारका क्रममा कुनै महिलाले कुनै आरोप लगाउने हो कि भन्ने डरमा हुन्छु । अनि म एकछिन एउटा शिक्षक बनेर हेछु । म र मेरै दिदी बहिनीहरु संगै पढ्दा हामी केटा मान्छेहरुलाई जस्तै गरि सरहरुले उति बेलाको जमनामा सजाय दिन्थे । केटा र केटी मान्छे दुबैको पाईन्ट मै पिसाव छाड्ने गरि कपालको रौंं उखल्थे । अहिले जस्तो हुने हो भने ती सरहरुको जिन्दगी खलास भईसक्थ्यो होला भन्छु ।
यसका बाबजुद पनि कतिपय अहिलेका सरहरु कति सम्म घटिया पाईयो भने राती आफ्नी बिध्यार्थीलाई बुढी भन्दै तँ भनेर बोलाउने , म मोटरसाईकलमा आउँदैछु । तँ आँगनमा निस्के एकछिन।। ठाउँमा बसेर फर्किन्छु भनेर फोन गरेको रेकर्ड समेत मैले फेला पारेको छु । त्यस्ता सरहरु यो समाजका कलंलक हुन । उनिहरुलाई जाक्नै पर्छ ।
हरेक बहिनीहरुले स्कुलमा हुने त्यस्ता नरपिचास सरहरु बिरुद्ध निडर भएर प्रहरी प्रशासन अदालतको ढोका ढक्ढकाउनुहोस । अन्य क्षेत्रका महिला दिदी बहिनीहरु पनि त्यस्ता हर्कत बिरुद्ध जुट्नुहोस म मेरो क्षेत्रबाट सहयोग पनि गरिनै रहने छु । तर कसै माथी झुटो आरोप लगाउनु पुर्व एकचोटी आफ्नो दाजु वा भाई बिरुद्ध पनि त्यस्तै भए म कसरी सहुँला ? भनेर आफै संग प्रश्न गर्नुहोस । तपाई महिला ममताकी खानी हो , यस जगतको श्रृष्टि हो ।
तपाई कसैकी प्रेमीका वा श्रीमति मात्र होईन । तपाई हाम्रो बहिनी , दिदी भाउजु, भान्जि र आमा पनि हो । कसैले उचाल्यो वा कुनै प्रलोभनमा कसैलाई फसाउनु पुर्व एक चोटी तपाई आफ्ना मामालाई सम्झीनुहोस । आमा भई नसकेको भए पनि आमा बनी दिनुहोस । बरु ज्यान मारा मुद्धा वा अन्य जुन सकुै मुद्धाले मानिसलाई त्यति पीडा दिन्न होला जति बलात्कार आरोपका मुद्धाले दिने गरेको पाईएको छ ।
बलात्कार गरेरै सजाय भोग्दै ठुलो गल्ती गरिएको महशुस गर्दै आफुलाई सुधार गरेका छन् । तर गल्ती नै नगरि बलात्कारको मुद्धामा फस्नेहरु बदला लिनका लागि बरु आफ्नो शरिर चिराचिरा पार्दै नुन चुक छर्केको भए पनि सहन्थें । बरु मारैर फालेको भए पनि हाईसञ्चो हुन्थ्यो तर बलात्कारको झुटो आरोपले जिउँदै मरेको छु भनेर पीडा पोख्ने गरेका छन् । मनिस न हो , फरक फरक स्वभाव चरित्र र लतमा फसेकै हुन्छ । त्यसबाट सुधार गर्नका लागि समेत बलात्कारको मुद्धालाई औषधी बनाईन्छ भने बरु बिष खुवाएर मारी दिनुस भन्ने केहि घटनाले देखाएको छ ।
आठ बर्ष अघि गुल्मीको साविक सिमिचौर गाविसबाट आँशुका धारा लिएर बाबुद्धारा छोरी बलात्कृत भएको पीडा सुनाउन म संग आमा छोरीहरु आए । प्रहरीमा पुगेर बाबुद्धारा छोरी बलात्कार भएको उजुरी उनै आमा छोरी मिलेर दिए । पछि बिस्तारै उनिहरुले बयान फेर्दै बाबुले छोरी बलात्कार गरेको नभई रातैदिन जाँड रक्सी पिएर हो हल्ला कुटपिट गर्ने भएकोले अरुको सल्लाहमा बलात्कारको मुद्धा दिएका हौं भने । बिचरा ती बृद्ध बिचमा त छुट्न त छुटे तर त्यसको केहि समय पछि उनि झुुण्डिएर आत्माहत्या गरेको हाल रेसु्ङ्गा नगरपालिका–१० मा रहेको सिमिचौरका निवर्तमान वडाध्यक्ष पदमप्रसाद पाण्डे बताउनु हुन्छ ।
सुरुमा म त्यस परिवारकै घरमा समेत पुगेर उनिहरुको पीडा अडियोमा कैद समेत गरेको थिएँ । तर उनिहरुको त्यो आँशु पछि गएर गोेहीको आँशु शिद्ध भयो । सायद केहि बर्ष बाँच्थे होला उनका बाबु तर आत्माहत्या गरे । पछिल्लो चरण यसै गुल्मीमा श्रीमानले श्रीमति बलात्कार गरेको मुद्धा प्रहरीमा प¥यो ।
आफुलाई श्रीमानले जबरजस्तीकरणी गरेको प्रहरीलाई दिएको बयान सहि सत्य हो भन्ने कागजमा प्रहरीले ती महिलाको सहि धस्काएर सवुत प्रमाणका रुपमा अदालतमा मुद्धा दायर ग¥यो । तर अदालतमा तिनै महिलाले बयान फेरिन् । श्रीमानले आफुलाई जबरजस्तीकरणी नगरेको तर जाँड रक्सी लगायतको बानी ब्यबहार सुधार गर्नका लागि त्यस्तो उजुरी दिएको बताईन ।
यस घटनाबाट पनि प्रहरी थप गम्भीर बन्नु पर्ने स्पष्ट भएको छ । त्यस्ता उजुरी आउँदा प्रहरी एकछिन आरोपित पात्रका रुपमा आफुलाई उभ्याएर अनुसन्धान गर्न जरुरी छ । तपाई एकछिन पत्रकार , शिक्षक , स्वास्थ्यकर्मी र मजदुरी पेशाको मान्छे पनि भएर अनुसन्धान गर्न जरुरी छ ।
अहिले विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुमा अनौठो विमार देखा परेको छ । बिशेषतः छात्राहरु एक्कासी बेहोस हुँदै ढल्दै गरेको पाईएको छ । त्यस अवस्थामा एउटा शिक्षकले आफ्नी छात्राको स्यहार सुसार गर्ने कि नगर्ने ? शिक्षकले मात्रै होईन । त्यस्तो बेला हर एक मानवले अर्को मानवको उद्धा।रमा जुट्नु परम कर्तब्य हो ।
यदि त्यस्ता बेहोस विद्यार्थीको उद्धारका क्रममा पनि कुनै शिक्षक बलात्कारको आरोपी बन्छन् भने अब कुनै पनि पुरुष शिक्षक नबने हुने देखियो । नियत खराव बलात्कारीलाई बलात्कार गर्न बेहोस परेको मौका छोप्नै पर्दैन । बिमारले बोहोस भएको बेला यौनतृष्णाको छटवपटिने कोही छ भने त्यो मानव होईन दानव हो ।
त्यस्ताले बेहोस अवस्थामा मात्रै होईन लासलाई पनि बलात्कार गर्छ । वा नियत खराव भएको मान्छेले मलामी गएको मान्छेलाई मेरै आँखा अगाडी लासलाई बलात्कार ग¥यो भनेर उजुरी दिन पनि बेर लगााउँदैन । त्यसैले कहिले काँही म मेरी स्वर्गवास भएकी मेरी आमालाई सम्झीदै भन्छु हे आमा तपाई आमालाई त समाजका यी नरपिचासहरुले परस्त्रीगमन सम्झेर फसाउन खोजेका थिए भने अबको दिनमा यीनीहरुले लास संग सहवासको आरोप पनि नलगाउलान भन्न सक्दिँन आमा ।
यसो भन्दैमा सबै बलात्कारका मुद्धा झुटा हुन भन्न खोजिएको होईन । गाउँदेखि शहर सम्म , टोल छिमेक देखि आफ्नै परिवार सम्म तमाम महिलाहरु असुरक्षित र बलात्कारको शिकार छन् । बलात्कारका मुद्धा धेरै बढ्न्ुमा घटना बढेका होईन, पहिलेको तुलनामा बलात्कार घटना एकदम कम छन तर महिलाहरुमा आएको सचेतना र जागरणले प्रहरी प्रशासनमा त्यस्ता मुद्धा बढेको देखिएको हो । अझ बढ्न पनि जरुरी छ । तर रिस , आवेग बदला र स्वार्थ संग बाँझिएका मुद्धा हुन कि होईनन ? भनेर प्रहरी स्थानिय स्तरमै पुगेर अनुसन्धान गर्न जरुरी छ । अर्को कुरा राजनैतिक प्रतिशोधको हतियार पनि बलात्कार जन्य मुद्धा बनाईदै छ ।
यदि यसरी नै बलात्कार जन्य मुद्धालाई हतियार बनाउने क्रम रोकिएन भने त्यो नेता , त्यो मन्त्री र साधुसन्त कोही पनि मानिस कुनै पनि बेला फस्ने निश्चित छ र आफ्नो पालो कहिले आउने हो भनेर कुरेर बसे हुने भएको छ । अर्को कुरा कहिले तीन बर्षीया , कहिले ५ त कहिले ६ बर्षीया बालका बलात्कारको शिकार भएको खबर सुन्दा शरिर नै जिरिङ्ग गर्छ । त्यो पनि कतिप त आफ्नै हाडनातामा । उफ…. त्यो त मानिस पक्कै होईन , पशु हो , अझ त्यो भन्दा पनि तलको जन्तु हो । सुन्दा पनि डर लाग्छ ।
त्यसैले त आजकल मेरो घरमा भएका एक नाती र एक नातिनी मध्ये नातिनीलाई चाहेर पनि त्यो माया पोख्न सकेको छैन । नातीलाई पुग्न साथ जोडले गाला टोक्दीन्छु ।शरिरका विभिन्न अंगमा म्याँई खाएर समेत माया पोख्छु । तर सिमिचौरका ती महिलाले आफ्नै बाबुलाई , मदानेकी ती महिलाले आफ्नै श्रीमानलाई बलात्कार गरेको झुटा मुद्धा दिईन भने भोलीका दिनमा पनि मेरो घर जलाउन कम्मर कसेकाहरुले उचालेर फसाउन पो के बेर भन्ने त्रासले नातीनीको म्वाँई खान पनि डर लाग्छ ।
जन्मे पछि बाबु आमाले छो।रा छो।रीको म्वाँई खाए । छोरा छोरीहरुले पनि बाबु आमा वा अन्य आफन्तको म्वाँई खाएर मायाको धिक फेरे। फेर्छन । विदेशमा त झन प्रेमी प्रेमीका संग मात्र होईन , जुन कुनै आफन्त बाटोमा भेटे पनि अंगालो हालेर म्वाँई खान्छन अर्थात किस गर्छन । तर मेरो देशमा त्यो म्वाँई पवित्र मायाको परिभाषा भन्दा क्रमिक रुपले बाहिर जान थालेको छ । एकले अर्कोलाई मन पराउनु प्राकृतिक नियम नै हो ,तर यहाँ सम्मकी उसको प्रशंसा गर्नु, माया ब्यक्त गर्नु र धिक पुगुञ्जेल उसाई हेरिरहँ जस्तो लाग्ने प्राकृतिक कुरा समेत काननी कुरामा दण्डित बन्न पुगेको छ । अर्थात कुनै महिलाले त्यो केटाले मलाई हेरिरहयो भनेर उजुरी दिईन भने आशय करणीमा जाक्नीने निश्चित छ । पुनः स्मरण गराउँछ कि पलपल छोरा मान्छेको जिन्दगी छुराको धारमा छ । यसर्थ बरु सन्यासी नै बन्ने हो कि भन्छु तर के गर्ने ? हे फसाद…………………
( लेखक प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव हुन )
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।