ललितपुर महानगरपालिकाले दियो मालिका गाउँपालिकालाई ३५ लाख सहयोग



माघ १८ गुल्मी ।
ललितपुर महानगरपालिकाले गुल्मीको मालिका गाउँपालिकालाई ३५ लाखको चेक हस्तान्तरण गरेको छ ।  बिहीवार मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याललाई महानगर प्रमुख चिरिवावु महर्जनले चेक हस्तान्तरण गरेका हुन ।
गाउँपालिका भित्रका सास्कृतिक सम्पदाको संरक्षणको लागि ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।
ललितपुर महानगरपालिका बाट प्राप्त सहयोग मालिका मन्दिर  सहित अन्य धार्मिक तथा सास्कृतिक सम्पदाको संरक्षणमा खर्चिने अध्यक्ष अर्यालले बताए ।
दुई स्थानीय तह बिच भगेनी सम्बन्ध स्थापन भएपछि मालिका गाउँपालिकालाई ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
मालिका गाउँपालिका भित्र उत्पादन हुने कृषि उपजको बजारीकरणमा समेत सहयोग गर्दै आएको छ ।
बिहिवार चेक हस्तान्तरण गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मितेरी सम्बन्ध गासेको मालिका गाउँपालिकालाई  आगामी दिनमा पनि  विभिन्न क्षेत्रमा सहयोग गर्ने बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता