रेसुङ्गा–८ का महिलाहरुलाई क्षमता विकाससम्बन्धि तालिम



गुल्मी, २७ जेठ ।
रेसुङ्गा नगरपालिका–८ गुल्मीमा महिलाहरुका लागि उद्घोषण एवम् क्षमता विकास तालिम सम्पन्न भएको छ । रेसुङ्गा सूचना केन्द्रको आयोजना तथा रेसुङ्गा नगरपालिका ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । २३ गतेबाट सुरु भएको तालिमको शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै समापन गरिएको छ । तालिममा पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । उनले उद्घोषणको तरिका, कार्यक्रमको क्रम लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक जनार्दन घिमिरेले तालिममा सहभागिहरुलाई समुह विभाजनमार्फत अभ्यास गराएका थिए । प्रशिक्षक घनश्याम खरेलले सकारात्मक सोचसम्बन्धि तालिम र तिलाचन पाण्डेले माइन्युट लेखनसम्बन्धि तालिम दिएका थिए । तालिमपछिको समापन कार्यक्रममा मन्तव्य राख्दै प्रशिक्षार्थी पूर्णिमा विश्वकर्माले चारदिने तालिमले आफुमा उद्घोषण र बोल्ने कलाप्रति धेरै परिवर्तन आएको बताइन् । विभिन्न समयमा आयोजना गरिने यस्ता तालिमले महिलाहरुको कार्यक्षमतामा आत्मबल बढाउने प्रतिक्रिया दिइन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष निरञ्जन काउछाले महिलाहरुको नेतृत्व विकास गराउदैँ समाजको सकारात्मक परिवर्तनका लागि तालिमको आयोजना गरिएको बताए । तालिममा कुल ३२ जना सहभागी भएका थिए । तालिममा सहभागी र प्रशिक्षकलाई प्रमाण पत्र र प्रशासां पत्र पनि प्रदान गरिएको आयोजक रेसुङ्गा सूचना केन्द्रका अध्यक्ष हुमाकान्त पोखरेलले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता