रेसुङ्गा बहुमुखी क्याम्पसमा शोक सभा सप्पन्न !



माघ २९ गुल्मी ।

गुल्मीको रेसुङ्गा नगरपालिका स्थिति रेसुङ्गा बहुमुखी क्याम्पसमा शोक सभा सप्पन्न भएको छ । रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस सञ्चालक समिति प्रमुख प्रेमनाथ अर्यालको १२ औं दिनको पुण्य तिथि अवसर पारी क्याम्पसले शोक सभा आयोजना गरेको हो । नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघका सस्थापक सदस्य अर्याल लामो समय शिक्षण पेसा र नेपाली राजनीतिमा होमिएका थिए । मङलवार आयोजित शोक सभा कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन सचिव नवीन अर्याल , नेविसंघ कार्यभाग सभापति रामजी पन्थी अनेरास्ववियु गुल्मीका संयोजक , नेपाली काङ्ग्रेसका नेता महेन्द्र भण्डारी ,क्याम्पस प्रमुख हरि बहादुर केसि ,क्याम्पस सन्चालक समितीका उपाध्यक्ष धर्म विक , क्याम्पस सन्चालक समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले शोक मतव्य राखेका थिए । शोक मतव्य राख्ने अधिकाशले प्रेमनाथ अर्यालको कार्यको चर्चा गरेका थिए, अर्यालले गरेका सकारात्मक कामको सदैब अनुसरण गर्ने र अर्यालले देखाएको बाटोमा हिड्नु पर्ने उनिहरुको भनाई थियो । अर्यालको गत माघ १७ गते काठमाडौको एक अस्पतालमा उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता