रेसुङ्गाको मेलाबाट २२ लाख बढि आम्दानी



२७ जेठ, गुल्मी ।

गुल्मी जिल्लाको रेसुङ्गामा सञ्चालन भएको श्रीराम महायज्ञ, श्रीराम कथा वाचन महामहोत्सव एवं विराट सन्तभक्त दर्शन मेलामा २२ लाख बढि आम्दानी भएको छ । गुल्मी जिल्लाको रेसुङ्गा र भारतको अयोध्यासम्मको सम्बन्ध विस्तारका लागि गत वैशाख २३ गतेदेखी ३१ गतेसम्म चलेको विराट सन्तभक्त दर्शन मेला राखिएको थियो ।
मेलाबाट कूल २२ लाख ७६ हजार ४९५ रुपियाँ बचत भएको रेसुङ्गा संरक्षण समतिका कोषाध्यक्ष नेत्रबहादुर बस्नेतले बताए । रेसुङ्गा संरक्षण समितिको आयोजनामा रेसुङगामा ९ दिनसम्म चलेको श्रीराम महायज्ञ, श्रीराम कथावाचन महोत्सव एंव विराट सन्तभक्त दर्शन मेलाबाट ५८ लाख ,४७ हजार ८९५ रुपियाँ संकलन भएको थियो ।
मेलाबाट विभिन्न शिर्षकहमा ३५ लाख ७१ हजार ४५० खर्च भएको छ । समितिले शनिवार आय व्याय विवरण सार्वजनिक गर्दै सबैभन्दा धेरै खर्च दान दक्षिणमा खर्च भएको विवरण प्रस्तुत गरेका थिए ।
जसमध्ये भारतबाट आएका सादुसन्तका लागि ९ लाख ४६ हजार ९७१ रुपियाँ खर्च भएको बस्नेतले बताए । योसंगै स्थानीय पण्डित, कन्या दक्षिणमा ९६ हजार ४११ गरी कूल १० लाख ४३ हजार ३८२ रुपियाँ खर्च भएको समितिले जनाएको छ ।
बचत भएको २२ लाख रुयिाँबाट रेसुङ्गामा वेद विद्या आश्रम खोल्ने समतिले जनाएको छ । त्यस्तै मेलाबाट बचत रकमबाट गौशलालाई ब्यस्थित गर्ने र रेसुङ्गाको बिकासको निम्ति खर्च गरिने संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीले बताए ।
रेसुङ्गामा समितिले ठूलो संख्यामा स्थानीय जातका गाई पालन गर्दै आएको छ । रेसुङ्गाको सम्बन्ध त्रेता युगदेखि अयोध्यासँग रहेको छ ।
तर रेसुङ्गा र अयोध्याबीचको धार्मिक सम्बन्ध प्रगाढ बन्न सकिरहेको छैन् । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा र भारतको अयोध्या बिचको सम्बन्ध प्रगाढ गर्ने र स्वदेशी तथा बिदेशी पर्यटक धेरै भित्र्र्याउने उदेश्यले मेला आयोजना गरिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता