रुरुका किसानलाई कृषि औजार वितरण



असार १७ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका किसानलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तरगत बम्घा टाहाटिम आलु तथा तरकारी पकेट समुहलाई कृषि औजार वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।
सात वटा मिनिटिलर ,११ वटा ब्रशकटर,२० वटा स्प्रेपरल मेसिन र आठ वटा स्थायी टलेन वितरण गरिएको हो ।
एक स्थानीय तह एक कृषि स्मार्ट गाउँ कार्यक्रम रुरुक्षेत्रको टाहटिममा सञ्चालन गरिएको थियो । यो वर्ष उक्त कार्यक्रम सकिदै छ ।
पाँच वर्षको अवधि प्रदेश सरकार ,स्थानीय सरकार र उपभोक्ता समितिले धेरै लगानी गरेर किसानलाई व्यवसायीक बनाएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।
साथै किसानलाई प्रदान गरिएको कृषि उपकरणले किसानालाई उत्पादन वृद्धिमा सहजता ल्याउने तर्क अध्यक्ष ज्ञवालीको छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रम बम्घा टाहाटिम आलु तथा तरकारी पकेट समुहमा ६० जना किसान आवद्ध रहेका छन ।
यस समुहले आलु मात्रै वार्षिक सहकारीको माध्यम बाट ७५ मेट्रिकटन भन्दा धेरै बिक्रीवितरण गर्दै आएको समुहका सचीव मेघराज गिरीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता