रायमाझीको कुल पुजामा जुट्यो, आशा अपाङ्ग केन्द्र गुल्मीलाई आर्थिक सहयोग ।

कौरव खत्री ,गुल्मी २० मंसिर ।
गुल्मीका रायमाझी दाजुभाईहरुले आशा अपाङ्ग केन्द्र गुल्मीलाई आर्थिक सहयोग गरेका छन् ।
बिहिवार वामीमा सम्पन्न रायमाझीहरुको १सय ८६ औ कुल पुजाको अवसरमा मुसिकोट नगरपालिका ७ निवासी कर्ण बहादुर रायमाझीबाट १ हजार,१सय,फन बहादुर रायमाझीबाट १हजार, महेन्द्र रायमाझीबाट ३हजार, चुरा बहादुर रायमाझीबाट ३हजार,२सय, रेशम रायमाझीबाट २हजार, सुवेदार रण बहादुर रायमाझीबाट १हजार, दिर्घ बहादुर रायमाझीबाट ५सय,५रुपैया, मिठु केसीबाट १हजार,१सय, सिता थापाबाट ५सय,५रुपैया,गरि जम्मा नगद रु।१३ हजार ४सय,१० रुपैया नगद आर्थिक सहयोग आशा अपाङ्ग केन्द्र गुल्मीकी प्रमुख गंगा रायमाझीलाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै आशा अपाङ्ग केन्द्र गुल्मीकी प्रमुख गंगा रायमाझीले सबै रायमाझी दाजभाई एवं शुभचिन्तक र सहयोगीलाई धन्यवाद दिइन् ।
कार्यक्रम सुवेदार रण बहादुर रायमाझीको अध्यक्षता रायमाझी कुल देवताका केन्द्रीय सदस्य फन बहादुर रायमाझीको प्रमुख आतिथ्यता एवं कार्यक्रमको सञ्चालन भने गोपाल रायमाझी र रायमाझी र डिल बहादुर रायमाझीले गरेका थिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।