राम कुमारी झाँक्रीलाई तुरुन्त रिहा गर्ने गोर्कण विष्टको माग

माघ २९ गुल्मी ।
आज आफ्नै निवास बाट पक्राउ परेकी नेकपा ( प्रचण्ड -माधव )समुहकी नेतृ राम कुमारी झाँक्रीलाई तुरुन्त रिहा गर्ने गोर्कण विष्टले माग गरेका छन् ।
विघटीत प्रतिनिधि सभाका सदस्य गोर्कण विष्टले सामाजिक सञ्जाल फेसबुक तथा टुईटरमा “अभिव्यक्ति स्वतन्त्रता बिना लोकतन्त्रको जग बलियो हुन सक्दैन “भन्दै नेकपा नेतृ झाक्रीको रिहाइको माग गरेका हुन ।
राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार विहान शंखमूलस्थित उनकै निवासबाटै पक्राउ गरेको थियो ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।