मौलिक संस्कृतिको जगेर्ना गर्दै गुल्मीको चन्द्रकोट गाउँपालिका



भदौ १७ गुल्मी ।

चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा गाउँपालिकास्तरीय खुल्ला तिज गीत प्रतियोगीता आइतबार गाउँपालिकाको प्राङ्गण शान्तिपुरमा सम्पन्न भएको छ । मौलिक संस्कृतिको जर्गेना गर्ने, आत्मियता, एकता र सामाजिक बन्धनको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयेजना गरिएको हो । चन्द्रकोट गाउँपालिकाको आयोजनामा पालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज २०८१ को अवसरमा चन्द्रकोट गाउँपालिकाले कार्यालय परिसरमा प्रतियोगिता सम्पन्न गरेको हो । चन्द्रकोट गाउँपालिकाले महिला दिदिबहिनिहरुमा संस्कृति प्रतिको झुकाव, आत्मियता, एकता र सामाजिक बन्धनको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । उहाँले संस्कृतिको जगेर्नाका लागी यस्ता खाले कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
प्रतियागितामा सहभागीहरुले सामाजिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय पहिचाहन, वैदेशिक रोजगारी, महिला हिंसा तथा यहाँको रहनसहन झल्किने विषयवस्तुमा गित तथा नृत्य प्रस्तुत गरेका थिए । यस्तै हरितालिका तिजको महत्व, नारी जागरण, संस्कृति संरक्षण र भित्रिएको आधुनिकताले सामाजमा पारेको प्रभावको झल्को दिने विषयवस्तुमा सहभागिहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए
आइतबार भएको प्रतियोगितामा गाउँपालिकाभरबाट २१ समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा कालिका जागृती आमा समुह चन्द्रकोट ३ हर्राचौरले प्रथम स्थान हासिल गरेको छ । शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ सराङ्ग द्वितीय, उदय माध्यमिक बिद्यालय चन्द्रकोट ४ शान्तिपुर तृतिय तथा सल्यार आमा समुह चन्द्रकोट ८ सान्तवना भएका थिए । विजेता समुहहरूलाई नगद, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु १५,००० प्रमाणपत्र र मायाको चिनो, द्धितियलाई नगद रु १२,००० प्रमाणपत्र र मायाको चिनो, तृतिय हुनेलाई नगद रु ८,००० प्रमाणपत्र र मायाको चिनो, सान्तवना हुने समूहलाई नगद रु ५,००० प्रमाणपत्र र मायाको चिनो, प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकृत शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य बिष्णुकुमारी सापकोटाले अझै महिला दिदिबहिनिहरु शसक्त ढंगले लाग्नुपर्ने बताउनुभयो । उहाँले गीतका माध्यमबाट महिलाहरुले प्रस्तुत गरेका भावनाहरुले महिलाहरुलाई जागरण गराएको बताउनुभयो । उहाँले पटकपटक अरुलाई लडेका महिलाहरु अब आफ्नो हकहितका लागी लड्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति गुल्मीका उप प्रमुख तेजेन्द्र कुमार सलामीले हिजोका संस्कृति झल्किने खालका साँस्कृतिक कार्यक्रम महिलाहरुले देखाएको बताउनुभयो । आधा आकाश ढाकेका महिलाहरुको विभिन्न कालखण्डमा ठुलो योग्दान रहेको उल्लेख गर्नुभयो । गाउँपालिकाका अध्यक्ष युवराज केसीले सामाजिक सद्भाव सहितका विभिन्न कार्य गर्न बाँकी रहेको बताउनुभयो । सबैले हातेमालो गरी विभिन्न बिभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाका दिदिबहिनीहरुको उपस्थितिले निकै खुशी लागेको उल्लेख गर्नुभयो । उहाँले सबै क्षेत्रमा महिलाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालकिा उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले महिला सशक्तिकरण र महिला जागरण निम्ति आयआर्जन बृद्धि गर्न गाउँपालिका सधैव लागेको बताउनुभयो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले हरितालिका तिजको शुभकामना दिदैं यस्ता कार्यक्रमले महिलाहरुलाई आत्मनिर्भर बन्न सिकाएको बताएका थिए । संविधानमा उल्लेख भएका महिलाहरुका अधिकारहरुलाई सुरक्षित गर्नुपर्ने बताए । यस्तै आफुभित्र भएको प्रतिभालाई बाहिर ल्यान कार्यक्रम कोशेढुङ्गा सावित भएको दाबी गरे । गाउँपालिका उपाध्यक्ष्य बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा संचालित कार्यक्रममा राष्ट्रियसभा सदस्य बिष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै जिल्ला समन्वय समिति उप प्रमुख तेजेन्द्र कुमार सलामीको विशिष्ट आतिथ्यता, गाउँपालिका अध्यक्ष युबराज केसी, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, निबर्तमान उपाध्यक्ष राधिका अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, महिला संघ संगठनका गाउँपालिका स्तरिय प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न महिला तथा आमासमूह तथा क्लबहरूका सदस्यहरू, पत्रकार एवम् संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन स्टाफ नर्स अन्जना गिरीले गुर्नभएको थियो । कार्यक्रममा कलाकार रामप्रसाद पौडेल र सकुन्तला गैरेको प्रस्तुती समेत रहेको थियो । गाउँपालिकाले सोही कार्यक्रममा १५ सय बढीलाई दर समेत खुवाएको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता