मुसिकोट नगरपालिकामा तरुण दल र युवा संघले लगाए ताला !



असोज २४ गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा युवा संघ र नेपाल तरुण दलका युवाहरुले तालाबन्दी गरेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुको पेन डाउनका कारण नगरपालिकाको प्रशासनिक कार्य अस्तव्यस्त बनेको र राहतका कर्मचारीहरुले समेत काम नगर्दा सेवाग्राहीले सास्ती भोग्नु परेको भन्दै तालाबन्दी गर्नुपरेको युवा संघ नेपाल गुल्मी जिल्ला इन्चार्ज बसन्त अधिकारीले बताउनुभयो ।

युवा संघ र तरुण दलले संयुक्त रुपमा ६ बुँदे माग राख्दै तालाबन्दी गरेका हुन् । उनीहरुले नेपालीहरुको महान पर्व विजया दशमी नजिकिँदै जाँदा सामाजिक सुरक्षा भत्ता, शिक्षक तथा कर्मचारीको तलब वितरण कार्यमा ढिलाई भएको भन्दै त्यसतर्फ आवश्यक कदम चाली तत्कालै काम सुचारु गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

नेपाल तरुण दल मुसिकोट नगर कार्यसमिति सभापति भिम पाण्डेले आफुहरुले राखेका ६ बुँदे माग कार्यान्वयन नभएसम्म तालाबन्दी यथावत राख्ने बताउनुभयो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता