मुसिकोटमा सुपथ तथा कोशेली घर संचालन



सुनिल न्यौपाने -गूल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका ३ मैदानमा अवस्थित साना किसान कृषि सहकारी संस्था लि वडागाउँद्वारा संचालित सुपथ तथा कोशेली घरको सोमबार उद्घाटन गरिएको छ। मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले कोशेली घरको उद्घाटन गरेका हुन।
मुसिकोट नगरपालिकाबाट आर्थिक बर्ष २०७७/७८ मा १० लाख र १ लाख बराबरको जनश्रमदान बाट कोशेली घर निर्माण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले उक्त कोशेली घर बाट दिगो रुपमा मुसिकोट २,३,४ का सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउनु भयो।
तत्कालीन मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाको कार्यकालमा उक्त सहकारीमा आबद्ध कृषकलाई अतुलनीय सहयोग मिलेको कुरा सत्य रहेको बताउदै आगामी दिनमा समेत साना किसान सहकारीमा आबद्ध कृषकलाई थप आवस्यक तालिम तथा कृषि कार्यक्रम नगर प्रदेशबाट ल्याउन आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने वडा अध्यक्ष रायमाझीले जानकारी दिनु भयो। उहाँका अनुसार यतिबेला मुसिकोट नगरपालिका ३ वडामा बिकासको डिजाइन तर्फ लागेको हुँदा सुझाव,सल्लाह समेत दिई रहन रायमाझीले आग्रह गर्नु भएको छ।

कृषकको उत्पादन कोशेलीलाई

साना किसान कृषि सहकारीका प्रबन्धक विबेक मगरका अनुसार उक्त सुपथ तथा कोशेली घर विशेष गरि कृषकलाई लक्ष्यित गरि संचालन ल्याइएको बताउनु भएको छ। कृषकले उत्पादन गरेका तरकारी,फलफूल तथा हस्तसामाग्री कोशेलीले खरिद गर्ने छ भने कृषकले चाहेको सामाग्री उक्त कोशेली घरबाट लैजान सक्ने छन। बजारको मुल्य भन्दा कम मुल्यमा बिक्री गरिने हुँदा सेवाग्राहीलाई डब्बल फाइदा हुने प्रबन्धक मगरले बताउनु भयो।

कोशेली घरलाई जोगाइ राख्न चुनौती : स्थानीय

मुसिकोट नगरपालिका ३ मैदानका प्रेम जीसिले कोशिले घरमा कृषकले उत्पादन गरेजती बस्तु खरिद गर्न धेरै चुनौती भएको बताए । जीसीका अनुसार नगरपालिकाले बिक्रीको व्यवस्थापन अथवा सड्ने बस्तुको घाटा दुई मध्य एक जिम्मेवारी लिए बल्ल कृषक र संचालन संस्था दुबैलाई काम गर्न उर्जा मिल्ने बताए। मुसिकोट नगरपालिका २ का महेन्द्र घिमिरेले विगतका बर्षहरुमा कोशेली घर धेरै ठाउँमा संचालनमा आए पनि दिगो रुपमा टिक्न नसकेको र सरकारले कोशेली घरको अवधारणा ल्याए पनि संचालन पक्षलाई घाटा सङ्ग सरोकार नराख्दा कयौं कोशेली घर बन्द भएको घिमिरेले बताए। बडागाउँ जानकुन्ज स्कुलका प्रधानाध्यापक बसन्त अधिकारीका अनुसार कोशिले घर अथवा पैचो पसल दुबैले कृषक सङ्ग सहकार्य गर्ने हुँदा सरकारले खरिद बिक्री गर्ने पक्ष सङ्ग समन्वय गरि कोशेली घरले खरिद गर्ने कृषकको उत्पादन बिक्रीमा सहयोग गरे बल्ल कोशेली घर बचाउन सकिने बताए।

कार्यक्रममा मुसिकोट नगरपालिका ४ का वडा अध्यक्ष जुक्त बहादुर छन्त्याल, साना किसान कृषि सहकारी संचालन समितीका उपाध्यक्ष मधु मल्ल त्यसैगरी लेखा समिती संयोजक महेन्द्र घिमिरेले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रमको अध्यक्षता साना किसान कृषि सहकारीका अध्यक्ष हरि प्रसाद छन्त्यालले गर्नु भएको थियो। कार्यक्रममा मुसिकोट नगरपालिका २ र ४ का पुर्व वडा अध्यक्ष, पुर्व कार्यपालिका सदस्य,सहकारीका उप समितीका संम्योक तथा सदस्य,पत्रकार लगायत स्थानीयको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन साना किसान कृषि सहकारीका प्रबन्धक विबेक मगरले गर्नु भएको थियो।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता