मुटु सम्बन्धि स्वास्थ्य शिविरको तयारी पुरा ,दुई हजारलाई सेवा दिने गाउँपालिकाको लक्ष्य !



चैत ९ गुल्मी ।
मालिका गाउँपालिकाले आयोजना गरेको मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरको सम्पुर्ण तयारी पूरा भएको छ । चैत ११ गते अर्थात शनिबार वडा नम्बर आठ स्थित मालिका माविमा सञ्चालन हुने शिविरको सम्पुर्ण तयारी पूरा भएको स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।

गाउँपालिकाको आयोजना ,नेपाल हृदय रोग प्रतिस्ठान जिल्ला शाखा गुल्मीको सहकार्य र गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।

एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा डाक्टर समीर गौतमको नेतृत्वमा ६२ जना स्वास्थ्यकर्मीको समुहले सेवा प्रवाह गर्नेछ । मालिका गाउँपालिका र छिमेकी स्थानीय तहका नागरिक सहित दुई हजार भन्दा धेरैलाई स्वास्थ्य सेवा प्रवाह गर्ने गरि आवश्यक तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
नागरिकको माग र अहिले अबस्थालाई मध्यनजर गरि मुटु सम्बन्धि शिविरको आयोजना गरिएको अध्यक्ष देवीराम अर्यालले बताए । साथै यसभन्दा अघि पनि आखा सम्बन्धि शिविर सञ्चालन गरिएको अध्यक्ष अर्यालले उल्लेख गरे ।

शिविरमा मुटुको इ.सि.जि,इ.को ,पि .एफ.टि रगत परिक्षण गर्नुका साथै आवश्यक औषधि नि: शुल्क वितरण गरिने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता