मालिका गाउँपालिका -८ को पहिलो काम अँध्यारो मुक्त वडा !

जेठ ८ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ८ ले वडालाई अँध्यारो मुक्त वडा बनाउने निर्णय गरेको छ । जनप्रतिनिधि हरुले कार्यभार समाल्दै सुरुवाती काम भनेको वडालाई उज्यालो वडा बनाउनु रहेको बताए ।
चुनावमा घरदैलो अभियानमा जादा धेरै मर्भुङ्गका जनताहरु अझै पनि विद्युत तथा सोलार बाट बञ्चित रहेको घटनालाई स्मरण गर्दै पहिलो काम उज्यालो युक्त वडा बनाउनु रहेको वडा अध्यक्ष सुर्य बहादुर जिसिले बताए । अहिले पनि मर्भुङ्गका २५ घर भन्दा धेरै परिवार टुकिको भरमा रहेको जिसिले उल्लेख गरे ।
अँध्यारो मुक्त वडाले समाजमा समानता संगै विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने वडा सदस्य सागर गिरीले बताए । सकभर सबै घरपरिवारमा विद्युत पुराउने नभए व्यवस्थित ढङ्गलेले गुणस्तरीय सोलार उपलब्ध गराउने वडा सदस्य गिरीको भनाई रहेको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।