`मालिका गाउँपालिका सबैको आस्था,सुधारदिन्छ सबैको अवस्था´



असार ६ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले शैक्षिक क्षेत्र तर्फ नयाँ र नौला नीति तथा कार्यक्रम पेस गरेको छ । गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनमा गाउँपालिका अध्यक्ष देवीराम अर्यालले शिक्षा क्षेत्र तर्फ लिएका नीति तथा कार्यक्रम सभा समक्ष पेस गरेका हुन ।
मालिका गाउँपालिका सबैको आस्था,सुधारदिन्छ सबैको अवस्था भन्ने मुलनारालाई आत्मसात गर्दै हाम्रो स्कुल बनाउ राम्रो स्कुल ,शैक्षिक अवस्था सुदृढीकरण अभियानको रुपमा सञ्चालन गर्ने , मावी तहका विद्यालयमा विद्यार्थीलाई उद्यमशीलता जोड्ने उदेश्यले पढ्दै कमाउदै तथा सिक्दै कमाउदै कार्यक्रम सञ्चालन गर्ने , अभिभावक शिक्षा कार्यक्रम ,विद्यालय र विद्यार्थी प्रोत्साहन कार्यक्रम ,शैक्षिक जागरण अभियान कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याईएको छ ।
त्यस्तै मालिका मावी ८ सिमलटारीमा ११,१२ मा विज्ञान विषयको पठनपाठन सुरु गरिने , शैक्षिक सम्मेलन गर्ने ,विद्यार्थीको प्रतिभा प्रफुस्टन गर्न फाइडे फर फ्युचर कार्यक्रम सञ्चालन गर्ने नीति पालिकाले लिएको छ ।
त्यस्तै अघिल्लो वर्ष देखि सुरु गरिएको शैक्षिक सुधार वर्ष २०८० लाई ८४ साल सम्म निरंतरता दिने ,अध्यक्ष संग विद्यार्थी र उपाध्यक्ष संग अभिभावक कार्यक्रमलाई पनि थप परिमार्जन गर्दै निरंतरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता