मालिका गाउँपालिकाले विद्यार्थीलाई छात्रवृत्ति दिने



असोज १५ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
कक्षा ११ र १२ मा अध्ययन गर्ने १९ जना विद्यार्थीलाई पाँच हजारका दरले छात्रवृत्ति दिने गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताए । गाउँपालिकाको आर्थिक वर्ष २०८१।८२ को स्वीकृत कार्यक्रम “मालिका गाउँपालिका सबैको आस्था, सुधारिदिन्छ सबैको अवस्था” कार्यक्रम बाट छात्रवृत्ति दिन लागिएको उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए ।
पालिकाले सोमबार एक सूचना जारी गरि पालिका भित्रका सामुदायिक विद्यालयलका विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ । अनाथ,अपाङ्ग,बेपत्ता ,द्वन्द्ववाट अङ्गभङ्ग भएको पीडित बुबा आमाको छोरा/छोरी वा अति विपन्न तथा जेहन्दार विद्यार्थीले विशेष प्राथमिकता पाउने प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर क्षेत्रीले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता