मालिका गाउँपालिकामा मावि स्तरीय तीज गीत प्रतियोगिता सम्मपन्न !

डि.बि खड्का ,भदौ १४ गुल्मी
गुल्मीको मालिका गाउँ पालिकामा तीज गीत प्रतियोगिता सम्मपन्न भएको छ । मालिका गाउँ पालिकाको आयोजनामा माध्यमिक तह स्तरीय बृहत् तीज गीत प्रतियोगिता सम्मपन्न भएको हो ।

गाउँ पालिका भित्र रहेका माध्यमिक विद्यालय बिच आत्मीयता बढाउने , मौलिक लोक कला संस्कृतिको संरक्षण गर्न उद्देश्यका साथ तीज गीत नृत्य प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगितामा गाउँ पालिका भित्र रहेका दशैं वटा विद्यालयको सहभागिता रहेको थियो । जसमा देवी स्थान माध्यमिक विद्यालय घमीर प्रथम, मालिका माध्यमिक विद्यालय सिमलटारी र नेटा दर्लिङ माध्यमिक विद्यालय र्दलीङ द्वितीय, तथा अर्जे माध्यमिक विद्यालय अर्जे तितृय भएका छन् । प्रतियोगितामा प्रथम,द्धितृय र तितृय हुनेले क्रमशः आठ हजार ,छ हजार र पाँच हजार प्रातः गर्न गाउँ पालिकाका सूचना अधिकृत जगत पौडेलले बताए ।

कार्यक्रम मालिका गाउँ पालिकाकी उपादक्ष्य देवा रिजालको अध्यक्षता तथा मालिका माध्यमिक विद्यालयका शिक्षक कृष्ण प्रसाद अर्यालको सञ्चालनमा सम्मपन्न भएको थियो ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।