मालिका गाउँपालिकाको एक वडा दुई उत्पादन नीति !



असार ६ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले एक वडा दुई उत्पादन नीति पेस गरेको छ । असार ६ गते देखि सुरु भएको १६ औं गाउँसभाको अधिवेशनमा गाउँपालिका अध्यक्ष देवीराम अर्यालले सो नीति  सभामा पेस गरेका हुन ।
आठ वटा वडा त्यस गाउँपालिकामा रहेका छन् ।
जहाँ वडा नम्बर एक नेटालाई बङुर र मौरी,वडा नम्बर दुई दर्लिङमा बाख्रा र आलु,तीन ह्वाङ्दीमा बाख्रा र उखु,चार अर्खबाङमा आलु र मकै,वडा नम्बर पाँच छापहिलेमा बाख्रापालन र हलुवावेद,वडा नम्बर ६ अर्जैमा मौरी र धान,वडा नम्बर सात घमिरमा केरा र कफी  त्यस्तै वडा नम्बर आठ मर्भुङ्गमा बेसार र कफी  खेती उत्पादन गरि कृषकलाई व्यवसायीक बनाउने लक्ष्य गाउँपालिकाको रहेको छ ।
मालिका गाउँपालिका उद्योगधन्दा कलकारखाना बाट भन्दा पनि कृषि तथा पशुपालन बाटै समृद्धि हुने र जनतलाई आय आर्जनमा जोडन सकिने हुँदा एक वडा दुई कृषि एवम् पशुउपज उत्पादन नीति लिएको पालिकाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता