मालिका गाउँपालिकाका (ग)  वर्गका अपाङ्गलाई माहुरी वितरण



जेठ २८ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -१ नेटाका(ग)  वर्गका सात जना अपाङ्गलाई गोला सहित माहुरीको घार वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत माहुरीका घार वितरण गरिएको वडा अध्यक्ष दिपक श्रीसले जानकारी दिए ।
वडा नम्बर १ नेटा का (ग)  वर्गका सबै अपाङ्गलाई प्रतिब्याक्ती तीन र तीन वटा घार उपलब्ध गराईएको गाउँपालिकाका प्रशासन शाखाका प्रमुख गोपाल सेनले बताए ।
उनिहरुको आर्थिक अबस्थामा सुधार ल्याई व्यवसायीक बनाउने उदेश्यले माहुरी वितरण गरिएको कृषि शाखा प्रमुख गोपाल भट्टराईले बताए ।
(ग)  वर्गका अपाङ्गको शारीरिक अवस्था अनुसार माहुरी उपयुक्त हुने भट्टराईले उल्लेख गरे ।
साथै वडा नम्बर एक नेटा माहुरीको लागि उपयुुक्त क्षेत्र रहेको हुँदा त्यस बाट किसानले राम्रो अवसर लिन सक्ने अपेक्षा गाउँपालिकाको रहेको छ ।

क र ख वर्गका अपाङ्गले राज्य बाट सेवा सुविधा पाउने तर ग र घ वर्गका अपाङ्गले राज्य बाट कुनै सेवा सुविधा नपाउने हुँदा पछिल्लो समय मालिका गाउँपालिकाले ती ब्याक्तिहरुको लागि विभिन्न किसिमका सिपमुलक कार्य गर्दै आएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता