मालिकाले माग्यो नीति तथा कार्यक्रमको लागि सुझाव ,QR प्रणाली बाट पनि सुझाव दिन सकिने



जेठ २७ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको लागि सुझाव संकलन सुरु गरेको छ ।
गाउँपालिकाले विभिन्न चरणमा विभिन्न क्षेत्रका विज्ञहरु संग परामर्श गरि सुझाव लिन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।
यसै बिच शुक्रबार गाउँपालिकाले एक कार्यक्रमको आयोजनानै गरेर सुझाव मागेको छ ।
पुर्व जनप्रतिनिधि ,राजनीतिक दल तथा हरेक क्षेत्रका ब्याक्तिलाई समावेश गराई सुझाव संकलन गरिएको अध्यक्ष देवीराम अर्यालले बताए ।
गाउँपालिकाले औपचारिक र अनौपचारिक दुबै विधि बाट सुझाब मागिरहेको अध्यक्ष अर्यालले उल्लेख गरे ।
साथै चौतर्फीक परामर्श ,भैइमान्छे देखि विज्ञ सम्मका ब्याक्ती संग छलफल गरि बजेट बनाउने आफुहरूको योजना रहेको बताउदै गाउँपालिकाले उत्कृष्ट बजेट बनाउने उनले दावी गरे ।

शिक्षा ,स्वास्थ्य तथा पर्यटन क्षेत्रलाई जोड दिएर नीति तथा कार्यक्रम बनाउन सुझाव आएको उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।

सुझाव संकलन कार्यलाई निरंतरता र थप प्रभावकारी बनाउने उदेश्यले गाउँपालिकाले QR प्रणाली बाट पनि सुझाव दिने व्यवस्था मिलाएको सूचना प्रविधि अधिकृत जगत पौडेलले जानकारी दिए ।
गाउँपालिकाको QR कोड स्याकिनिङ्ग गर्न साथ फारम खुल्ने र त्यस बाट पनि आफ्ना सुझाव राख्न सकिने अधिकृत पौडेलले बताए ।

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता